Logo
१२ बैशाख २०८१, बुधबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नवनिर्वाचित प्रम दाहालको निर्वाचन क्षेत्र सिराहामा खुश्याली !

pm-prachanda

सिराहा । संविधान सभा निर्वाचनमा विजयी भएका सांसद पुष्पकमल दाहाल देशको प्रधानमन्त्री बनेपछि सिराहामा दीपावली गरिएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहाल सिराहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए ।

मिर्चैयाबासीले मतदान गरेर सांसद बनेका दाहाल प्रधानमन्त्री निर्वाचित भएको भन्दै उनीहरुले दीपावली र पटाका पड्काएर खुसियाली मनाएका छन् । दाहालले एमालेका लिलानाथ श्रेष्ठलाई संविधान सभा निर्वाचनमा पराजित गरेका थिए।

मिर्चैयाको कटारी चोकमा बुधबार बेलुका जुटेर दीपावली गरिएको र स्थानीयले मधेसका माग पूरा हुने अपेक्षा समेत आशा गरेका उद्योग बाणिज्य संघ सिराहाका वरिष्ठ उपाध्यक्ष अशोक कुमार शाहाले बताए ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्