Logo
८ बैशाख २०८१, शनिबार
(August 3, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्तत: भयो सहमति, मधेशी मोर्चाले प्रचण्डको पक्षमा मतदान गर्ने !

congress-mao-madheshi

काठमाडौं १९ साउन । अन्ततः संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाली कांग्रेस र नेकपा माओवादीबीच मोर्चाका मागका सम्बन्धमा सहमति जुटेको छ ।

सघिंय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बैठकमा सहमति भएको भन्दै मोर्चाले आजको प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई सघाउने बताएका छन ।

हिजो धोका भएको भनेका यादवले न्यूज अप्रेशनसगको विषेश कुराकानीमा भने ‘आज बिहानदेखीको प्रयासपछि अन्नतः सहमती भएको छ अब मोर्चाले प्रचण्डलाई मत हाल्ने छन’ । उनका अनुसार केहिबेरमै संसद भवन नयाँ वानेश्वरमा नेताहरुबीच भएको समझदारी पत्र हस्ताक्षर सहित सार्वजनिक हुनेछ ।

यसअघि मंगलबार दिनभर भएको त्रिपक्षीय छलफलमा सहमतिको भाषामा नेताहरुबीच विवाद भएपछि मोर्चाले मतदान गर्ने या नगर्ने भन्नेमा अन्योलता छाएको थियो ।

समाचार श्रोतका अनाुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको हो ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सासन स्थापनार्थ भएका सबै आन्दोलन संघर्ष र अभियानलाई सम्मानपूर्वक स्मरण गर्दै तराई मधेसमा भएको आन्दोलन, थारू लगायत सबै आदीवासी जनजातीका माग अधिकार सम्बन्धी सवाल समेतलाई दृष्टिगत गरी नेपालको संविधानलाई सबै नेपाली जनताले साझा सम्पत्तिको रूपमा ग्रहण गर्ने वातावण सुनिशचित गर्न नेपालको संविधानका आधारभूत तत्व लोकतन्त्र गणतन्त्र संघीयता समानता समानुपातिक समावेसीताको पूर्ण कार्यान्वयनको प्रत्याभूती गर्दै विनासकारी भूकम्पबाट उत्पन्न समस्याको निरारकण गर्न जनजीविकाका सँग जोडिएका समास्या समाधान गरी देशलाई शान्ति स्थिरता आर्थिक उन्नती एवं विकासतर्फ अग्रसर गर्ने प्रतिवद्धता व्यक्त गर्दै तीन बुँदे सहमति गर्दछौ,’ उक्त पत्रमा भनिएको छ।

प्रकाशित मिति: Aug 3, 2016

प्रतिक्रिया दिनुहोस्