Logo
१३ बैशाख २०८१, बिहीबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीका  बाढी पिडितलाई  हेल्पिङ्ग ह्याण्डस नेपाल र अनुपमको राहत 

Rahat News  (1)

जनकपुरधाम, श्रावण १८ । जनकपुरबाट विभिन्न खाद्यान्न सामग्री संकलन गरी हेल्पिङ्ग ह्याण्डस नेपाल र मिथलाक अनुपन डेगले सप्तरीको करिब तीन सय बाढी पिडित परिवारलाई वितरण गरेको छ । जनकपुरमा लागातार चार दिन लगाएर बाढी पिडितको लागि राहत संकलन गरी सोमवार अबेर साँझ सम्म सप्तरीको रमपुरा मलनियाका स्थानीयबासीहरुलाई सहयोग गरेको छ ।

समितिले बाढी पिडितहरुलाई करिब डेढ लाख भन्दा बढीको खाद्यान्न सामग्री वितरण गर्नुको साथै जनकपुरको शिव भोलेनाथ पोलिक्लिनिकको प्रत्यक्ष सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

करिब साता दिन अघि परेको लगातारको वर्षाले तराईको जिल्लाहरु डुवानमा परेको तथा घरहरु पानी पसेको, घर खसेको र सम्पुर्ण खाद्यान्न सामग्रीहरु न्ष्ट भएपछि तत्काल राहतका लागि विभिन्न सामग्री संकलन गरी सप्तरी लगायत डुवानमा परेको जिल्लाहरुमा विभिन्न संघ संस्था तथा आम नागरिकहरुले सहयोग गर्दै आएको छ ।

हेल्पिङ्ग ह्याण्डस नेपाल र अनुपमले सप्तरीको रमपुराका बाढी पिडितहरुलाई विभिन्न १२ वटा खाद्यान्न सामग्रीहरु वितरण गरेको छ । स्याउ, नास्पाति, च्युरा, मुरही, दालमोट, चाउचाउ, विस्कुट, पाउरोटी, सोयाविन, नुन, पानी र भुटेको चिउरा वितरण गरिएको बाढी पिडित खाद्यान्न संकलन तथा वितरण समितिका संयोजक दिपक कुमार मिश्रले जनाएका छन् ।

हेल्पिङ्ग ह्याण्डस नेपाल र अनुपमको संयुक्त आयोजनामा भएको संकलन अभियानले समितिले जनकपुरबाट शुरु गरेको बाढी पिडित राहत संकलन अभियान बिहिबार, शुक्रवार र शनिवार र आईतवार गरी करिब ५० हजार नगद र विभिन्न सर–सामग्रीहरु लिएर सप्तरीको रमपुरा गएका थिए ।

जनकपुरको विभिन्न स्थानहरुमा हेल्पिङ ह्याण्डस नेपाल र मिथिलाको अनुपम डेगका पदाधिकारीहरु सहित युवा पत्रकारहरुको एक टोलीले जनकपुर लगायत महोन्द्रनगरबाट समेत सहयोग गरेको सदस्य सुदिप कुमार शर्माले जानकारी दिएका छन् । सहयोगको क्रममा पिक अप गाडी भ्यान जानकी नगरका रामनारायण साहले निःशुल्क रुपमा गरेको थियो ।

अभियानमा संयोजक मिश्रसंगै गोविन्द महतो, नेहा झा, सुदिप कुमार शर्मा, विन्द किशोर साह (किशोर गुरु), शैलेन्द्र महतो (क्रान्ति), रामएकवाल महरा, अमरेन्द्र कुमार यादव सहितका युवाहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । यसैगरी प्रतिभा झा, अभिषेक झा, रामनारायण पण्डित, शशिता क्रान्ति, बटुकनाथ झाले सहितका संकलनमा सहयोग गरेका थिए ।  यसैगरी जनकपुरकै रामानन्दचौकमा रहेको शिवभोलेनाथ पोलिक्लिनिकले सोही स्थानमा निःशुल्क रुपमा स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य सेवा प्रदान गरेको छ ।

पोलिक्लिनकिको चिकित्सक जागृत सिह, श्याम प्रेमी र विरेन्द्र साहलेले सो गाउँका करिब एक सय व्यक्तिको स्वास्थ्य परिक्षण तथा निःशुल्क रुपमा औषधि उपचार गरेको थियो । झाडापखाला, आउ हैजा, रिङ्गटा लाग्ने, टाउँको दुख्नेको सहित अन्य समस्याहरुले निःशुल्क रुपमा उपचार गरिएको शवि भोलेनाथ पोलिक्लिनिकले जनाएको छ ।

Rahat News  (2)

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्