Logo
१५ बैशाख २०८१, शनिबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धोका भयो ! प्रचण्डलाई भोट हाल्दैनौं : उपेन्द्र यादव

Upendra-Yadav-450x300

काठमाण्डौ ।  संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले कांग्रेस र माओवादीसँग हुन लागेको सम्झौतामा धोका भएकाले भोलिको प्रधानमन्त्री चुनावमा पुष्पकमल दाहाललाई भोट नहाल्ने बताएका छन् ।

न्युज अप्रेशनसगको विषेश कुराकानीमा  उनले गठबन्धनको समर्थन विना बहुमत सिद्ध गर्न ठूला दललाई कठिन पर्ने, बहुमत पुर्‍याए पनि त्यसले राजनीतिक समस्याको समाधान नहुने तर्क गरे ।

‘हामीलाई विश्वासमा लिएर राजनीतिक समस्या समाधान गर्छु भनेर तीन दिनदेखि कार्यदलमा छलफल गरियो, तर अन्तिममा सहमति हुनै लाग्दा कांग्रेस र माओवादीका साथीहरु पछि हट्नुभयो,’ यादवले भने, ‘आन्दोलनका मुद्दा सम्बोधन नहुन्जेल हामी भोटिङ प्रक्रियामा सहभागी हुनुको अर्थ छैन ।

‘बिहानसम्म सबै ठिकठाक थियो, सम्झौताको अन्तिम तयारी हुँदैथियो,’ यादवले भने, ‘खै के भो, के भो । सायद अर्को उम्मेदवार नदेखेर हो कि, कांग्रेस र माओवादी सहमतिबाट पछि हटे ।’

गठबन्धनका तर्फबाट यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले बिहान दाहालको मनोनयनमा समर्थन गर्दै हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्