Logo
७ बैशाख २०८१, शुक्रबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करौडौंको अनियमितता भएको भन्दै नागरिक समाजका अध्यक्ष आमरण अनसनमा

Nawalparasi

नवलपरासी १८ साउन । जिल्ला विकास समिति नवलपरासीले ठेक्कामा करौडौंको अनियमितता भएको भन्दै नागरिक समाज नवलपरासीका अध्यक्ष शम्भु प्रसाद उपाध्याय मंगलबारबाट आमरण अनसनमा बसेका छन् ।

गतवर्ष ४ करोड २५ लाखमा गएको ठेक्का जिविसले ठेकेदारहरुको मिलेमतोमा १ करोड ३१ लाखमा ठेक्का दिएपछि विवाद उत्पन्न भएको हो । जिविसको राजश्व आम्दानी बिना कारण ३ करोडले घटाउने गरी दिईएको ठेक्काको प्रक्रिया नै गलत भएको भन्दै नागरिक समाज नवलपरासीका अध्यक्ष उपाध्यायले कारणसहित ठेक्का प्रक्रियाको विवरण सार्वजनिक गर्न माग गरेपछि उनीमाथि सांघातिक हमला भएको थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडि एक्लै अनसनमा बसेका उपाध्यायले खोलाजन्य वस्तुहरुमा जिल्ला बाहिर निकासीको टेण्डर गर्दा स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले जिविस नवलपरासीलाई करीब ३ करोडको नोक्सानी पुर्याएको आरोेप लगाएका छन् ।

ठेक्का प्रक्रियाबारे जानकारी दिन नमानेपछि जिविसको ठेक्का प्रकरणबारे माईकिंग गरी आम जनताको ध्यानाकर्षण गराईरहेको आएका केही व्यक्तिहरुको समूहले अध्यक्ष उपाध्यायमाथि हातपात गर्दै साउन ११ गते गाडी र माइक तोडफोड गरेका थिए । जिविसले ठेक्का दिदा गरेको अनियमितताबारे माईकिंग गराईरहेको अवस्थामा गरिएको सांघातिक हमलामा जिविस र ठेकेदारहरुको हात हुन सक्ने उनको दावी छ ।

कुटपीट गरी भाग्दै गरेको अवस्थामा ड्युटीमा रहेको प्रहरीले आरोपीलाई समातेर जिल्ल प्रहरी कार्यालय लगेका थिए तर कुनै कार्वाही नै नगरी प्रहरी उपरिक्षक राजेन्द्र चौधरीले तुरुन्तै छाडेपछि स्थिती झन जटिल बन्न पुगेको हो । स्थितीलाई साम्य पार्न प्रमुख जिल्ला अधिकारीसंगको छलफलमा उपाध्यायले जाहेरी दिने र प्रहरीले कारवाही अगाडि बढाउने बुंदामा सहमति जनाएपनि प्रहरी उपरिक्षकले जाहेरी दर्ता गरेका छैनन् ।

जानीजानी ढिला सुस्ती गरी कार्वाहीको हदम्याद फेल गराउने नियत देखेपछि नागरिक समाजका अध्यक्ष उपाध्याय आफुमाथि हातपात गरी माइक तोडफोड गर्नेहरुलाई समेत कार्वाहीको माग राख्दै मंगलवार अपरान्ह ४ बजेदेखि आमरण अनसनमा बसेका हुन् । अनसनमा स्थानीयवासी विभिन्न राजनीतिक दल, गैरसरकारी संघसंस्थाहरुको समर्थन रहेको छ । #बृजराज कुशवाहाको सहयोगमा

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्