Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिखित सहमति विना नै प्रचण्डको समर्थक बसे  मोर्चाका नेता !

Samarthan News  (1)

काठमाडौं १८ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र काँग्रेस–माओवादीबीच लिखित सहमति नहुँदै मोर्चाका नेताहरु प्रचण्डको समर्थक बसेका छन् ।

बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेस–माओवादीको तर्फबाट प्रधानमन्त्रीका उम्मेदबार पुष्प कमल दाहाल प्रचण्डको समर्थकमा मोर्चाका नेताहरु फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्ला र सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण बसेका छन् ।

तर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेसम्म लिखित सहमति भइनसकेको बताए । सहमतिका विषयमा छलफल भएको यादवले बताए ।

उनका अनुसार मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा तथा क्षतिपुर्ति दिने, मधेशी मोर्चाको ११ बुँदे र संघीय गठबन्धनको २६ बुँदे मागका विषयमा छलफल गरी संविधान संशोधनका लागि पेस गर्ने, प्रधानमन्त्रीको निर्वाचनमा प्रचण्डलाई समर्थन गर्ने विषयमा छलफल भएको छ ।

प्रकाशित मिति: Aug 2, 2016

प्रतिक्रिया दिनुहोस्