Logo
१५ चैत्र २०८०, बिहीबार
(July 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधनको प्रतिवद्धता आए मात्र प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने

Saratsingh Bhandariकाठमाडौ १६ साउन । राष्ट्रिय मधेश समाजवादी पार्टीले सविधान संशोधनको प्रतिवद्धता आए मात्र प्रधानमन्त्रीको चुनावमा मतदान गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पार्टीका अध्यक्ष शरतसिंह भण्डारीको अध्यक्षतमा आज बसको पदाधिकारहरुको बैठकले त्यस्तो निर्णय गरेको हो । संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रस्तुत गरेको २६ र ११ बुँदे माग सविधान संशोधन गरि कार्यान्वयन नहुन्जेलसम्म पार्टी सरकारमा सहभागि नहुने पनि निर्णय गरेको छ ।

साथै बैठकले पार्टीको कार्यसमिति पुनर्गठन पनि गरेको छ । पुनर्गठित ७८ सदस्यीय कार्यसमितिमा अध्यक्षमा शरत सिह भण्डारी, वरिष्ठ नेतामा निर्जला राउत, राष्ट्रिय उपाध्यक्षहरुमा शेखर कुमार सिह, प्रदीप शम्शेर राणा, निलम वर्मा, जैन्युल राइन, अजय शाही रहेका छन् ।

त्यस्तै महासचिव तथा प्रवक्तामा केशव झा तथा सचिवमा रितेश कुमार सिंह, कोषाध्यक्षमा सेवकी देवी दास तत्मालाई चयन गरेको छ ।राजेशमान सिह, जंगप्रसाद बडायक, महावीर प्रसाद शर्मा, हरिवंश झा, डा.अभाष लाभ, सुरेन्द्र मण्डललगायतका केन्द्रीय सदस्यमा चयन भएका छन् ।

प्रकाशित मिति: Jul 31, 2016

प्रतिक्रिया दिनुहोस्