Logo
१५ चैत्र २०८०, बिहीबार
(July 30, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटमा तस्करी:  किसान कंगाल, तस्कर मालामाल !

Rautahat News
रौतहट । रौतहट जिल्लाको पश्चिमी नाकाबाट अहिले व्यापक रुपमा तस्करी भइरहेको छ । जिल्लाको बंकुल, नरकटिया, रामपुरखाप , जोकहा घिउरा, जयनगर, महुलिया, औरैया, बेलबिछवा, महादेवपटी, गौर भंसार, ब्रहम्पुरी बान्जाराहा, नाका हुदै भारतीय मलखाद खुला रुपमा तस्करी भईरहेको छ तर पनि प्रहरी प्रशासन मौन रहेको पाईएको छ ।

तस्करहरु अहिलेको समयमा खूल्ला सिमानाको फाईदा उठाउदै भारतको घोडासहन, छौडादानो, चैनपुर आदापुर लगाएतको बजारहरुबाट खूल्याम युरिया, डिएपी जस्ता मलखाद्यहरु ल्याएर रौतहटको बंकुल, कटहरीया, बिजयपुर, गरुडा , पिपरा, लगाएतका बजारहरुमा लाखौं लाख मुल्य बराबरको पुरयाई रहेकाछन ।

नेपाल र भारत दुबै देशका तस्करहरुले मिलेर खुल्याम तस्करी गरिरहेको छ ।सशस्त्र प्रहरी आउट बोडर पोष्ट रामपुरखापका प्रहरी इन्सपेक्टर खाद तस्कर संग छिनेर भन्सार नबुझाए मछली पाल्न गर्ने व्यक्ति संग सबै खाद बेचिरहेको त्यहाका स्थानिय जनताले बताएका छन ।

अहिले खेतमा लगाईएको धानमा खाध छर्न किसानलाई चटारो छ र प्रत्येक वर्ष अहिलेको समयमा धानमा छर्नको लागि किसालाई मलखाध चाहिन्छ तर नेपालमा सस्तो मूल्यमा मलखाध पाईदैन र भारतमा सस्तो मूल्यमा नै मलखाध भेटिरहेकोले तस्करहरु अहिले प्रहरी प्रशासन सँग मिलेर नै मलखाधको तस्करी गरिरहेको बताउनु हुन्छ कटहरीयाका राम बालक राउत ।

भारतीय तस्करहरुले सिमाना क्षेत्र स्थित रहेको प्रहरीलाई मोटो रकम दिई खुल्याम रुपमा भारतबाट भारतीय मलखादहरु नेपाल भित्रयाईरहेको स्थानियहरुले दाबि गर्नुहुन्छ ।  भारत र नेपाल दुबैदेशका केही तस्करहरुले नेपाल भारत नाकामा रहेको प्रहरी प्रशासनलाई मोटो रकम दिई खुल्याम रुपमा तस्करी गरिरहेको सरमुज्वा गा.वि.स. वडा न. ७ बस्ने समाज सेवी बिजय कुश्वाहा बताउँछन् ।

आफुहरुले आफनो खेतमा प्रयोजनको लागि भारतबाट १ बोरा यूरिया वा डिएपी खाद ल्याउँदा प्रहरी प्रशासनले आफुहरुलाई रोकेर १ बोरा खाधको ५० रुपैया लिनेगरेको र अनावश्यक गाली गलौज गरेर दुखदिरहेको तर त्यही मलखाध तस्करहरु लिएर आउँदा प्रहरी प्रशासन उनिहरुलाई कुनैरोक्टोक नगर्ने गरेको गुनासो किसानहरुले गरेको छ ।

किसानहरुले तस्करसंग यहाँको प्रहरी प्रशान मिलेको आरोप लगाएको छ तर तस्करसंग प्रहरीको कुनै मिलोमतो नरहेको प्रहरी चौकी बंकुल इन्चार्ज शिवशंकर शर्माले बताएका छ । प्रहरीको उदासिनताको कारण पनि यहाँ तस्करी मौलाउँदै गएको जानकारहरुको भनाई छ । #अभिमनु पटेलको सहयोगमा 

प्रकाशित मिति: Jul 30, 2016

प्रतिक्रिया दिनुहोस्