Logo
१२ बैशाख २०८१, बुधबार
(July 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशका बाढी पीडितलाई सहयोग गर्न नेताहरुलाई SMS दबाब

kapilbastu-badhi-3

काठमाडौं  । बाढी पीडितको राहतमा सहयोग गर्न नेताहरुलाई एसएमएस तथा फोन मार्फत दबाब दिने अभियान चलाइएको छ । पहिलो चरणमा सप्तरीका संसदहरुलाई निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतको २० लाख र पुर्वाधार निर्माण कार्यक्रम अन्तरगतको एक करोड ५० लाख रकमबाट बाढी पीडितलाई सहयोग गर्न यो अभियान चलाइएको हो ।

यस अभियानका थालनी गरेका सरोज रायले  भने,‘संसदहरुले पाउने अधिकांश रकम दुरुपयोग हुँदै आएको छ । आफ्नो कार्यकर्ता पाल्ने र भोट बैंक सुरक्षित गर्ने काममा पैसा दुरुपयोग भएको छ ।

अहिले बाढी प्रभावितलाई पनि उनीहरुले सहयोग गरेको छैन । त्यसैले हामीले नेताहरुलाई दबाब दिनु पर्छ ।’ रायका अनुसार सबभन्दा बढी प्रभावित जिल्ला सप्तरीका नेताहरुलाई एसएमएस मार्फत दबाब दिन सम्पूर्ण जनतालाई आग्रह गरिएको छ । त्यसपछि अन्य जिल्लाका नेताहरुलाई पनि एफएमएस मार्फत दबाब दिइनेछ ।

प्रकाशित मिति: Jul 28, 2016

प्रतिक्रिया दिनुहोस्