Logo
१५ चैत्र २०८०, बिहीबार
(July 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाढी पीडितको उद्धारमा जुट्न तमलोपाको प्रेस विज्ञप्ति !

Tamalopaकाठमाडौं  । बाढी पीडितहरुको उद्धार तथा सहयोगमा जुट्न तराई–मधेश लोकतान्त्रिक पार्टीले कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । पार्टीले सम्पूर्ण जिल्ला कार्यसमितिलाई उद्धारमा जुट्न बुधबार प्रेस विज्ञप्ति जारी गरि निर्देशन दिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘कंचनपुर, कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, रुपन्देही, नवलपरासी, पर्सा, वारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग र झापा सहित तराई–मधेशका सबै जिल्लाहरु लगातारको अविरल वर्षाका कारण बाढीको प्रकोपले त्रसित छ ।

बाढीका चपेटामा परी दर्जनौंको मृत्यु र लापता हुनुका साथै गाईवस्तु सहित २५०० भन्दा बढी घर बाढीले गर्दा पूर्णतया क्षति ग्रस्त भएको छ । यस्तो दैवी प्रकोपको विकट अवस्थामा पनि राज्यको तर्पmवाट राहत र उद्धारको निमित्त हुनु पर्ने तदारुकता र प्रभावी कारबाहीको सर्वथा अभाव देखिएको छ । तराई–मधेश लोकतान्त्रिक पार्टी यसप्रति नेपाल सरकारको ध्यानाकर्षण गर्दै तत्काल राहत र उद्धारको युद्धस्तरिय व्यवस्थाका निमित्त जोडदार माँग गर्दछ ।’

पार्टी अध्यक्ष महन्थ ठाकुरद्धारा जारी गरिएको उक्त विज्ञप्तिमा भनिएको छ ‘तराई–मधेश लोकतान्त्रिक पार्टीका सम्बन्धित सबै जिल्ला समितिहरुलाई राहत र उद्धारका निमित्त सक्रियता साथ जुटन निर्देशित गर्दछ ।’

प्रकाशित मिति: Jul 27, 2016

प्रतिक्रिया दिनुहोस्