Logo
१५ आश्विन २०७९, शनिबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचाररत पत्रकार जीवन सेजुवाललाई आर्थिक सहयोग

Chautari-help
काठमाडौं । राजधानीस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत पत्रकार जीवन सेजुवाललाई प्रेस चौतारी नेपालले आर्थिक सहयोग गरेको छ । बोन टीबीबाट पीडित पत्रकार सेजुवाल प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय सदस्य एवं कर्णाली अञ्चल इञ्चार्ज हुन् ।

उनको उपचारमा आर्थिक अभाव भएपछि चौतारीले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरेको हो ।डेढ महिनादेखि अस्पताल भर्ना भई सल्यक्रियासमेत गरिसकेका पत्रकार सेजुवाललाई चौतारीका अध्यक्ष गणेश बस्नेतले सोमवार अस्पतालको बेडमै केन्द्रीय कार्यालयको तर्फबाट ८१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन ।

चौतारीको गत ८ जेठमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनकै बेला सेजुवाल बिरामी परेका थिए । परीक्षणको क्रममा बोन टीबी पत्ता लागेपछि गत २७ असारमा सल्यक्रिया गरिएको थियो । सल्यक्रियापछि हाल अस्पतालमै उपचाररत सेजुवालको उपचारमा आर्थिक अभाव भएपछि सहयोग गरिएको चौतारीका अध्यक्ष बस्नेतले बताए ।

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्