Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री बनाउन ५० प्रतिशत नयाँ अनुहारको खोजी, नेता निवासमा भीड

g]kfnL sfFu|];sf] !#cf} dxflwj]zgdf gjlgjf{lrt ;efklt z]/axfb'/ b]pjfnfO{ dªnaf/ jf]xf]/f6f/l:yt lgjf;df lrofkfg sfo{qmdsf] cfof]hgf u/L awfO{ tyf z'esfdgf lbFb} al/i7 g]tf /fdrGb| kf}8]n . tl:a/ M /f]zg ;fksf]6f,/f;; काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि आहृवान गरेसँगै नेपाली कांग्रेसभित्र मन्त्री बन्न दौडधुप सुरु भएको छ । पटकपटक मन्त्री बनेका नेतासमेत दाबेदार बनेपछि युवाहरुले नयाँ अनुहारलाई अवसर दिन नेतृत्वलाई दबाब दिएका छन् ।

सरकार परिवर्तनको खेलसँग सभापयित शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्नत्री कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्का र विमलेन्द्र निधिको निवासमा मन्त्री हुन चाहनेको भीड लाग्न थालेको छ ।

कांग्रेस शीर्ष नेताहरुले पनि सरकारकमा पठाउने भन्ने व्यक्तिको विषयमा अनौपचारिक र प्रारम्भिक छलफल सुरु गरेका छन् । सो छलफल सुरु भएलगत्तै नेताहरुको दौडधुप सुरु भएको छ ।

सोमबार बिहान सभापति देउवा निवासमा उनीपक्षीय प्रमुख नेताहरुले अनौपचारिक छलफल गरेका छन् । छलफलमा कस्ता अनुहारलाई सरकारमा पठाउने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको थियो ।

मन्त्रीका आकांक्षीलाई मिलाउन राज्यमन्त्री र सहायक मन्त्रीसमेत राख्नुपर्ने सो बैठकले निष्कर्ष निकालेको छ । छलफलमा अभिकांश नेताले ठूलो आकारको मन्त्रिमण्डल बनाएर भए पनि आकांक्षीलाई समेट्नुपर्ने सुझाब दिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: Jul 26, 2016

प्रतिक्रिया दिनुहोस्