Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशमा सरकारी चासो: जलेश्वरको विकासको लागि ५० करोड

jaleshwar-

जलेश्वर १०  साउन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एक अन्तरक्रिया आयोजना गरि जलेश्वरमा यस आर्थिक वर्षमा ५० करोड लागनी गर्ने र भए दुरगामी योजना अनुरुप सो भन्दा बढी रकम लगानी गर्ने योजना रहेको सार्वजनिक गरेको छ । ‘जलेश्वर नगरपालिकामा सघन सहरी विकास’ कार्यक्रम अन्तर्गत जलेश्वर नगरपालिकाको आयोजनामा सहरी विकास मन्त्रालयले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

नयाँ सहर आयोजनाका आयोजना निर्देशक चक्रवर्ती कंठको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा प्रमुख अतिथी कंठले तराई जिल्लाको सदरमुकामको विकासको लागि ५० करोड रुपैया आएको जानकारी दिँदै सदरमुकामहरुलाई आर्थिक तथा व्यवसायिक केन्द्रको रुपमा विकास गरिने लक्ष्य मन्त्रालयले लिएको जानकारी दिए ।

उनले भौतिक संरचना निर्माण, सडक विस्तार, ढल व्यवस्थापन, मनोरञ्जन पार्क, सौर्यउर्जा, बसपार्क, खानेपानीलगायत पूर्वाधार निर्माण, बजार व्यवस्थापन तथा सौन्दर्यकरणको लागि यी रकम खर्च गरिने जानकारी दिँदै यही साउन १५ गतेभित्र उच्च प्राथमिकताहरु छनौट गरी प्रतिवेदन वुझाउनुपर्ने भएकोले अन्तरक्रिया गरिएको जानकारी गराएका छन् ।

नगरपालिकाहरुमा बजेट कार्यान्वयन गर्न गठित मिसन टोलीका संयोजक समेत रहेका निमित्त आयोजना निर्देशक कंठले नगरपालिकाको कार्यक्षेत्रभित्र एकिकृत कार्यमूलक योजना, आवद्यिक योजना, भौतिक विकास योजना, रणनैतिक शहरी विकास योजना लगायतका प्राथमिकताका क्षेत्रहरु पहिचान गरी सोही अनुसार प्रतिवेदन पेश गर्ने बताउँदै उनले ईमान्दारीपूर्वक काम भएको खण्डमा जलेश्वरको विकास सम्भव रहेको बताए ।

प्रकाशित मिति: Jul 25, 2016

प्रतिक्रिया दिनुहोस्