Logo
६ बैशाख २०८१, बिहीबार
(July 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निरंकुश शासकको अन्त्य भएको भन्दै मधेशीहरुले दिपावली मनाए !

Dipabali
जनकपुरधाम । प्रधामन्त्री केपी शर्मा ओलीले राजिनामा दिएपछि आइतबार साँझ मधेशका केही जिल्लामा दिपावली गरिएको छ ।नेपालको इतिहासबाट एउटा निरंकुश शासकको अन्त्य भएको भन्दै मधेशीहरुले दिपावली मनाएका छन् ।

जनकपुरधामको मुख्य चौक मध्येको एक रामानन्द चौकमा जनकपुरका युवाहरुले दिवापली मनाउँदै निरंकुश शासन अन्त्य भएको घोषणा गरेका छन् ।

दिपावली मनाउँदै गरेका युवाहरुले मधेश आन्दोलनका क्रममा प्रधानमन्त्री ओलीद्वारा हत्या गराइएका मधेशीहरुको छानविन गरी ओलीलाई जन्मकैदको सजाई दिनु पर्ने बताए ।

युवाहरुले भने,‘केपी ओली हत्यारा हुन् । उनीमाथि छानविन हुनु पर्छ । आन्दोलनका क्रममा मारिएका सम्पूर्ण मधेशीको जिम्मेबार ओली भएकोले उलीलाई हत्या अभियोगमा तत्काल नियन्त्रणमा लिइ कारवाही अगाडि बढाउनु पर्छ ।’

प्रकाशित मिति: Jul 24, 2016

प्रतिक्रिया दिनुहोस्