Logo
४ बैशाख २०८१, मंगलबार
(July 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी पर्यटकलाई आकर्षित गर्न  बिबिसी र सिएनएनमा नेपाल चिनाउने विज्ञापन

cnn-bbc

काठमाडौँ ।  पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काई बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ बोर्डले प्रवर्द्धनात्मक कार्यलाई अभियानकै रुपमा अघि बढाउन लागेको हो । यसका लागि बोर्डले आन्तरिक तथा अन्तर्राष्ट्रिय प्रचारात्मक अभियानलाई योजनाबद्ध रुपमा अघि बढाउँदैछ । विदेशी पर्यटकलाई आकर्षित गर्न बिबिसी, सिएनएनजस्ता सञ्चारमाध्यममा सन्देश प्रसारण गरेर प्रवर्द्धनात्मक अभियान चलाउने बोर्डको तयारी छ ।

प्राकृतिक तथा मानव सिर्जित विपत्तिमा परेको मुलुकको पर्यटन पुनरुत्थानका लागि नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नेभएको छ । सरकारले घोषणा गरेको घुमफिर वर्ष–२०७३ र सन् २०१८ को नेपाल भ्रमण वर्षलाई प्रभावकारी र परिणाममुखी बनाउन बोर्डले योजनाबद्ध कार्यक्रम ल्याउने तयारी गरेको हो । सरकारको नीति तथा कार्यक्रममै घुमफिर र भ्रमण वर्षलाई समावेश गरी सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाई १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

घुमफिर र नेपाल भ्रमण वर्षलाई पर्यटन पुनरुत्थानको महत्वपूर्ण अभियानका रुपमा अघि बढाइने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए ।

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्र २०७२ वैशाख १२ को गोरखा भूकम्प र भारतीय नाकाबन्दीले मुलुकको पर्यटन क्षेत्र चौपट हुन पुग्यो । पछिल्लो समय पर्यटनले गति लिन थालेको पर्वतारोहण र पदयात्रा क्षेत्रमा देखिएको छ । पर्यटन विभागको विवरणअनुसार वसन्त ऋतुमा ९८ आरोहण दलका एक हजार ३७५ जनाले हिमाल आरोहण अनुमति लिएका थिए । यसमध्ये ६१८ जनाले आरोहण गरेका छन् । सो याममा ४५२ स्वदेशी तथा विदेशी आरोहीले सर्वोच्च शिखर सगरमाथाकोे आरोहण गरेका छन् । यसबाट झन्डै २६ करोड राजस्व (सलामी दस्तुर) सङ्कलन भएको छ ।

प्रकाशित मिति: Jul 22, 2016

प्रतिक्रिया दिनुहोस्