Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोनाल्डो भन्छन – “उपाधिका लागि फ्रान्स बढी लायक छ, तर पोर्चुगलले जित्नेछ” 

Rolando News

एजेन्सी । पोचुर्गलका कप्तान क्रिष्टियानो रोनाल्डोले युरोकप फुटबल २०१६ को उपाधिका लागि आयोजक फ्रान्स बढी दाबेदार भएपनि आफ्नो टोलीले जित्ने विश्वास व्यक्त गरेका छन् ।

‘म सधै देशका लागि केही उपाधि जित्ने सपना देख्छु र त्यो सपना पनि छ। यो अबसर अहिले आएको छ। हामी यसलाई गुमाउन चाहन्नौं,’ रोनाल्डोले युइएफएसँग भनेका छन्।

‘फ्रान्स राम्रो टोली हो र ऊ घरेलु मैदानमा खेलिरहेको छ , उपाधिका लागि हामीभन्दा बढी लायक छ,’रोनाल्डो भनेका छन,‘तर, मलाई विश्वास छ हामीले जित्नेछौं ।’  सन् २००४ पछि १२ वर्षमा पहिलो पटक फाइनल पुगेको पोर्चुगललाई उपाधि उचाल्ने मौका छ। सन् २००४ मा भएको युरोकप फाइनलमा ग्रिससँग १–० ले पराजित हुँदै उपाधि उचाल्नबाट चुकेको थियो पोर्चुगल । यो पटक पोर्चुगललाई उपाधि उचाल्ने ठूलो मौका छ।

क्लब स्तरका सबैखाल प्रतियोगिताको उपाधि जितिसकेका रोनाल्डोले भनेका छन्,‘मैले क्लब र व्यक्तिगत उपाधि हासिकल गरिसकेको छु। तर देशका लागि दिलाउन सकेको छैन। त्यसैले यो पटक देशका लागि उपाधि जिताउन चाहन्छु।’  फ्रान्सलाई हराएर उपाधि जित्न सकिनेमा आफू विश्वस्त रहेको रोनाल्डोले बताए ।

उनले भने,‘मलाई विश्वास छ र यो सम्भव पनि छ। मेरा साथी र देशको पनि विश्वास छ जित्ने। हामी सकारात्मक सोचका साथ मैदान उत्रिने छौं किनभने आइतबार हुने फाइनल जितेर पोर्चुगलले पहिलो पटक ठूलो उपाधि उचाल्नेछ।’ ‘आयोजक फ्रान्स पोर्चुगलभन्दा उपाधिको दाबेदार हो ।

तर, लिस्वनमा भएको सन् २००४ को फाइनलमा आयोजक राष्ट्र हुँदा हुँदै व्यहोरेको हारबाट हामीले सिक्न सक्छौं,’ रोनाल्डोले भने,‘घरेलु मैदानको फाइदाले मात्रै उपाधि उचालिन्छ भन्ने ग्यारेन्टी हुन्न।’

प्रकाशित मिति: Jul 9, 2016

प्रतिक्रिया दिनुहोस्