अधिकारकर्मी गणेश मण्डलको बिचारः समाबेशी नेपाल बनाउने महानअवसर
मधेशी नागरिक समाजका अध्यक्ष गणेश मण्डल खासगरी अधिकारकर्मी क्षेत्रमा एउटा छुटै पहिचान बनाएका मधेशी अधिकारकर्मी हुन । भारतबाट उच्च शिक्षा हासिल गरेका सप्तरी जिल्ला निवासी मण्डलले फेसबुकमा लेखेको विचार जस्ताको त्यस्तै :
गणेश मण्डल
संबिधान जारी भए देखि मधेश आन्दोलनका कारण देशको राजनीतिक एक गम्भीर मोडमा उभिएको छ । मधेशको समस्या समाधान बिना देशमा शान्ति, अमनचयन , स्थायित्व र बिकासको बाटो मा मुलुक जानसक्ने कुनै सम्भावना हामी देखिराखेका छैन ।
यस अवस्थामा सबै किसिमको समस्याको समाधान र रास्ट्रिय एकता साझा नेपाल सबैको नेपाल बनाउनको लागि देशका सबै समुदाईको साझा शासन यानी रास्ट्रिय सहमतिको सरकार आजको आवस्यकता हो । अहिले देशको समस्या मधेशी र जनजाति को आखामा खस समुदाई हो आम बुझाइ रहेको छ्र ।
यो बुझाई र समस्यालाई समाधानको लागि तीनै समुदाई (खस , मधेशी र जनजाति) केही समयको लागि मिलेर देश संचालन गरेमा हुन्छ । लोकतान्त्रिक व्यवस्था अनुसार देश संचालनका लागि न्यायपालिका , व्यबस्थापिका र कार्यपालिका तीनै अंग महत्वपूर्ण हुन्छ ।
संयोगले नेपालमा समुदाई पनि तीनवटा नै रहेको छ जसमा जनजाति समुदाई बाट व्यबस्थापिका प्रमुख यानी सभामुख हुनुहुन्छ । खस समुदाई बाट न्यायपालिका प्रमुख प्रधानन्याधिस हुनुहुन्छ बाकीं रह्यो । मधेशी समुदाई जुन समुदाई ले सधै यो देशमा करदाता र मतदाताको रुपमा रह्यो ।
जसको कारण पछाडी एबम विभेदमा परियो । आज त्यही समुदाई आफू विभेद बाट मुक्ति खोजिरहेको छ । यस अवस्थामा अब बन्ने सरकारको प्रमुख यानी कार्यपालिका को प्रमुख प्रधानमन्त्री मधेशी मूलका मानिसलाई बनाएर जानु समस्याको समाधानका अचुक उपाई हो ।
यो बन्ने कसरी ? अहिले देशको सबै भन्दा ठुला दल नेपाली कांग्रेस भएकोले त्यसैको नेतृत्वमा सहमतिको सरकार बनाउने र कांग्रेसले प्रधानमन्त्रीमा पुर्वमाहामन्त्री बिमलेन्द्र निधीलाई अगाडी सारेर सहमति गराउने काम गरियो ।
देशमा मधेशी प्रधानमन्त्री, जनजाति सभामुख र खस समुदाई बाट प्रधानन्यायाधीश हुन्छ । अनि नेपाल सही रुपमा समाबेशी नेपाल बन्छ सबैको अपनत्वको नेपाल हुन्छ । समाबेशी नेपाल निर्माणको यो महानअवसर लाई सदुपयोग गरेर समस्याको नेपाललाई समाधानको नेपाल बनाउन सबैमा मेरो हार्दिक अनुरोध छ ।
मधेश को समस्या अपनत्व र प्रतिनिधित्वको समस्या हो समाधान पनि अपनत्व र प्रतिनिधित्वबाटै हुन्छ ।