Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लकडाउन खोलाइने : कोरोनासँग जुध्न विज्ञहरुको छुट्टै समूह बनाउने सहमति

सरकारले कोरोना भाइरससँग कसरी जुध्ने भन्नेबारे २५ जना विज्ञहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बसेको चार घण्टा लामो छलफलमा कोरोनासँग जुध्न विज्ञहरुको छुट्टै टोली गठन गर्ने सहमति भएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले दिएको जानकारीअनुसार कोरोनासँग जुध्न विज्ञहरुको छुट्टै समूह बनाउने सहमति भएको र उक्त समूहको नियमित बैठक बस्ने सहमति भएको छ ।

जारी लकडाउन खोलाइदै सरकार अगाडी बढुनु पर्ने सुझाव आएको हो । छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारी एवं अर्थ र स्वास्थ्यविज्ञ तथा सामाजिक अभियानकर्मी सहभागी थिए ।

पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि प्रधानमन्त्री ओलीले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे विज्ञहरुसँग छलफल गरेका हुन् ।

ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रणका साथै लकडाउनको अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा पनि विज्ञहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीसँग २५ जना विषयविज्ञहरु छलफलमा भाग लिएका थिए । प्रधानमन्त्री ओलीले आफ्नो टिव्टरमा लेखेका छन्,’आज मैले कोरोना महामारीको नियन्त्रण, रोकथाम र उपचारको सम्बन्धमा समाजका विभिन्न क्षेत्रमा क्रियाशील विशिष्ठ व्यक्तित्वहरूसँग परामर्श गरें । अर्थशास्त्री, योजनविद्, जेण्डरविज्ञ, सामाजिक अभियन्ता, चिकित्सक, जनस्वास्थ्यविद, नर्सहरूसँगको यो बैठक महत्वपूर्ण रूपमा सम्पन्न भयो ।’

 

तस्विर : मुकुन्द कालिकोटे

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्