Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिचिङ अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु, देशभर कुल मृत्यु संख्या ९ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले मृतक पुरुष १३ जेठमा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएको र १५ जेठमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमण पुष्टि भएपछि उनलाई टिचिङ अस्पाल महाराजगञ्ज लगिएको थियो । मृतकलाई यसअघि हेमोरेजिक स्ट्रोक भएको र अपरेशन भई १५ गते टिचिङमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा उनको २१ जेठमा टिचिङ अस्पतालमै मृत्यु भएको थियो । योसहित संक्रमणबाट कुल ९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Jun 3, 2020

प्रतिक्रिया दिनुहोस्