Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्थमन्त्रीको एक निर्णयले व्यापारिक जगतमा हलचल !

निजी क्षेत्रले भनेअनुसार राहातको प्याकेज ल्याउन सरकार चुकेको भन्दै पछिल्लो समय तीव्र आलोचना भैरहेको बेला लकडाउनका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको एउटा निर्णयले व्यपारिक क्षेत्रमा तरंग पैदा भएको छ ।

अर्थमन्त्रीको निर्देशनपछि आन्तरिक राजश्व विभागले जेठ २५ गतेभित्र कर बुझाउन व्यवसायीहरुलाई ताकेता गरेको छ। विभागले सरकारले निर्णय गरी थपिएको समयभित्रै कर बुझाएर जरिबाना तथा ब्याजबाट उन्मुक्ती पाउन करदताहरुलाई आग्रह गरेपछि व्यापरिलाई भित्र थुनेर कर उठाउन खोजेको भन्दै सरकारको आलोचना भएको हो ।

लकडाउनका कारण कर बुझाउने म्याद चैत २५ गतेपछि सरकारले सार्दै आएको थियो। सुरुमा २५ बनाएको सरकारले दोस्रोपटक जेठ २५ बनाएको थियो।

विगभाले मूल्यअभिबृद्धि कर, अन्त:शुल्क, आयकर ,शिक्षा सेवा शुल्क, दुर सञ्चार सेवा दस्तुर बुझाउन आग्रह गरेको हो।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर तिर्न जारी भएको उर्दी सन्दर्भमा ट्वीट गरेका छन्। उनले लेखेका छन्- लकडाउनले ७० दिनदेखि व्यवसाय ठप्प छ।

अन्यत्र उद्यमी व्यवसायीलाई राहत दिइएको छ, यहाँ बजेटले पनि हाम्रा समस्या समाधान गर्न सकेन। बरु जेठ २५ गतेभित्र कर तिर्न सूचना आएको छ। सरकारसँग आग्रह राहत दिन नसकेपनि आहत त नगरियोस्। लकडाउन खोलौ, कारोबार गरौं, त्यसपछि कर त उठिहाल्छ।

प्रकाशित मिति: Jun 2, 2020

प्रतिक्रिया दिनुहोस्