Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहराइनमा तत्कालै स्वदेश फर्किनुपर्ने नेपालीलाई सम्पर्क गर्न दूतावासको आग्रह

खाडीमुलुक अन्तरगत रहेको बहराइनमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका र तत्कालै स्वदेश फर्किनुपर्ने अवस्था भएका नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

दूतावासले जारी गरेको अनलाइन फारममार्फत प्राप्त भएका विवरणको आधारमा तत्काल नेपाल फर्कनुपर्ने बताएका तर त्यहाँ उल्लेख भएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उपलब्ध हुन नसकेको भन्दै परेकाहरुलाई तुरुन्तै सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो ।

केही समय पहिले दूतावासले त्यहाँ रहेका नेपालीहरुको समस्या सम्बोधन गर्न र सहजिकरण गर्नको लागि अनलाइन फारम भर्न लगाएको थियो ।

यस्तो समस्या भएकालाई दूतावासको टेलिफोन नम्बर १७७२५५८३ र फ्याक्स नम्बर १७७२०७८७ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै श्रम सहचारी दामोदर दाहल, शकिल अहमद शेख र गोपी बिक्रम भट्टराईलाई मोबाइल नम्बर ३२०९५०४१, ३५४२७७१७, ३५५४७९५१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति: May 27, 2020

प्रतिक्रिया दिनुहोस्