Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँके र कपिलवस्तुका तीन जनामा कोरोना सङ्क्रमण, सङ्क्रमित ४५७ पुगे

कोरोना भाइरसको सङ्क्रमण फेरि तीन जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षण अनुसार दुई पुरुष र एक महिलामा सङ्क्रमण देखिएको बताए ।

बिहीबार राति देखिएका नयाँ सङ्क्रमितमा बाँके नरैनापुर गाउँपालिका-३ निवासी ३२ वर्षीय पुरुष र खजुरा गाउँपालिका-३ निवासी ४२ वर्षीया महिला तथा कपिलवस्तु शुद्धोधन गाउँपालिका १९ वर्षीय पुरुष छन् ।

अहिलेसम्म सङ्क्रमित ४५७ पुगेका छन् । बिहीबार मात्र ३० जनामा सङ्क्रमण देखिएको हो । अहिलेसम्म कोभिड-१९ सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

उनका अनुसार सङ्क्रमितको स्वास्थ्यावस्था सामान्य रहेको र ती स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

प्रकाशित मिति: May 22, 2020

प्रतिक्रिया दिनुहोस्