Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दातृ निकायसँग लिएको ऋण तिर्न सरकारलाई सकस

लकडाउनले मुलुकको अर्थतन्त्रमा ठूलो असर पर्दै जाँदा सरकारलाई दातृ निकायबाट लिएको ऋणको साबाँ–ब्याज तिर्न सकस परेको छ ।

कोरोनाका कारण दातृ निकायसँग लिएको वैदेशिक ऋणको सावाँ–व्याज भुक्तानी गर्न सरकारलाई अप्ठ्यारो परेको हो ।

अर्थमन्त्रालयका अनुसार राजस्व नउठेको र मुलुकको साधारण खर्च समेत धान्न मुस्किल भैरहेको बेला सरकारले दातृ निकायसँग लिएको ऋणको साँबा व्याज तिर्न नसकेपछि भाका सार्न प्रस्ताव गरिएको छ ।

कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयासका बारेमा एशियाली विकास बैंक, विश्व बैैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, अन्तराष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीहरुसँग सरकारकोतर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले कुराकानी गरेको बुझिएको छ । कम्तिमा २ बर्षसम्म भाका सार्न प्रस्ताव गरिएको स्रोत बताउँछ ।

अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारले एक खर्ब नौ अर्ब २८ करोडबराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । यसमा रु. ९३ अर्ब ८ करोड ऋण हो भने बाँकी रु. १६ अर्ब २० करोड अनुदान छ ।

दातृ निकायका अधिकारीहरुले वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समय केही वर्ष पर सार्न सकिने बताउँदै त्यसबारे छलफल गर्न तयार रहेको बताएका थिए ।

प्रकाशित मिति: May 21, 2020

प्रतिक्रिया दिनुहोस्