Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेञ्चुरी बैंकको नाफा ४९.९६ % ले वृद्धि

चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा सेञ्चुरी बैंकको नाफा ४९.९६ प्रतिशतले बढेर ९१ करोड ५७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ६१ करोड ६ लाख ७१ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ मात्रै रहेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड १७ लाख २१ हजार रुपैयाँबाट बढेर २ अर्ब २५ करोड १५ लाख ८५ हजार रुपैयाँ रहेको छ । यस्तै सञ्चालन मुनाफा पनि ८७ करोड ३३ लाख ७१ हजार रुपैयाँबाट बढेर १ अर्ब २६ करोड ९२ लाख २८ हजार रुपैयाँ रहेको छ ।

८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ९१ लाख १९ हजार रुपैयाँ रहेको छ । ५८ अर्ब ७७ करोड ४५ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब १० करोड ९५ लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.५३ प्रतिशतबाट बढेर २.१९ प्रतिशत पुगेको छ । १४ रुपैयाँ ५१ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रकाशित मिति: May 12, 2020

प्रतिक्रिया दिनुहोस्