Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ स्थित सप्तरीमा पनि भेटिए कोरोना संक्रमित, अब संक्रमितको संख्या १२१ पुग्यो

प्रदेश २ स्थित सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् ।  संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति: May 11, 2020

प्रतिक्रिया दिनुहोस्