Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

३३ वर्ष अघि निर्माण भई पुनः प्रसारण भइरहेको रामायणले बनायो विश्वकिर्तिमान

धाराबाहिक रामायण चर्चामा छ । ३३ वर्ष अघि निर्माण गरी पुनः प्रसारण गरिएको रामायणका कलाकारमध्ये कतिपय वृद्ध भइसके त कतिपय दिवंगत ।

तर, यसको क्रेज फेरि बढेको छ । रामायणले हालैमात्र एउटा विश्वकिर्तिमान बनाएको छ । सँसारभरका मनोरञ्जनात्मक कार्यक्रममा सर्वाधिक हेरिएको किर्तिमान बनाएको हो ।

दुरदर्शन टीभीले भारतमा लकडाउन घोषणापछि रामायणको प्रसारण गरेको हो । १७ अप्रिलमा दुरदर्शन नेस्नल टिभीले जनाएअनुसार रामायण ७ करोड ७० लाख मानिसले हेरेका छन् ।

कुनैपनि मनोरञ्जनात्मक कार्यक्रम टिभीमा एकैपटक यति धेरै मानिसले हेरेको यो विश्व किर्तिमान हो । लेखक, निर्माता र निर्देशक रामानन्द सागरले निर्माण गरेको रामायण सन् १९८७ मा दुरदर्शन टिभीले पहिलोपटक प्रसारण गरेको थियो ।

जसमा अरुण गोविल रामको भूमिकामा थिए । दिपिका चिखलिया सीताको भूमिकामा थिइन् । दारा सिंह हनुमानको भूमिकामा थिए ।

प्रकाशित मिति: May 2, 2020

प्रतिक्रिया दिनुहोस्