Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना असर : कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित

बर्तमान समयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि देशभरि लकडाउन लगाएको अवस्थामा कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् ।

यसैबीच माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह सरकारले गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा मङ्गलबार निर्णय भएको हो ।

सामाजिक सञ्जालमा मिति नै तोकेर परीक्षाको बारेमा अनावश्यक हल्ला फैलाइएकोमा आपत्ति जनाउँदै राष्ट्रिय परीक्षा बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने स्पष्ट पारेको छ ।

बोर्डका सदस्य सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीको लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्