Logo
१३ बैशाख २०८१, बिहीबार
(April 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वका २ सय ८ देशमा कोरोनाको सङ्क्रमण फैलियो, २४ घण्टाभित्र ४ हजार ७ सय भन्दा बढीको मृत्यु

बर्तमान समयमा विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसको संक्रमण २ सय ८ देशमा फैलिएको छ ।

दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा १र१ जनामा कोरोना पुष्टि भएपछि कोरोना भाइरसको सङ्क्रमण फैलिएको देशको सङ्ख्या २ सय २ पुगेको हो ।

गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार जनाभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा मात्रै अहिलेसम्म कोरोनाका कारण साढे ९ हजारभन्दा धेरैको ज्यान गएको छ । ३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा साढे १५ हजारभन्दा धेरै, स्पेनमा साढे १२ हजारभन्दा धेरै, फ्रान्समा आठ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

यसैगरी भारतमा आइतबार थप १८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ सय १७ पुगेको छ भने ७ सय जना नयाँ बिरामी थपिएपछि संक्रमितको सङ्ख्या ४ हजार नाघेको छ ।

अहिलेसम्म १२ लाख ७१ हजार आठ सय ७५ जनामा कोरोना संक्रमित पुष्टि भइसकेको छ । जसमध्ये कोरोना संक्रमित हालसम्ममा २ लाख ६१ हजार ४ सय २४ जना उपचारपछि निको भएका छन् ।

अहिले कोरोना सङ्क्रमितमध्ये ९ लाख ४१ हजार ४६ जनाको भने उपचार भइरहेको छ भने ६९ हजार ४ सय ५ जनाको मृत्यु भइसकेको छ ।विभिन्न देशमा गएको २४ घण्टामा मात्रै ४ हजार ७ सय १५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: Apr 6, 2020

प्रतिक्रिया दिनुहोस्