Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना रोकथाम-निन्त्रणका लागि मेडिकल सामग्री ल्याउने जिम्मा पाएपछि सेनाको १७ करोडको टेन्डर रद्द

विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा निन्त्रणका लागि आवश्यक मेडिकल सामग्री ल्याउने जिम्मा सरकारले नोपाली सेनालाई नै दिएपछि सेनाले यसअघि गरेको टेन्डर रद्द भएकाे छ।

सेनाले आवश्यक स्वास्थ्य सामग्रीका लागि करिब १७ करोड रुपैयाँमा खरिद गर्न टेन्डर आह्वान गरेको थियो।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैकठले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिने गरी गरेको निर्णय बिहीबार सार्वजनिक भएपछि सेनाले एकमुष्ट रुपमा सामान ल्याउन उक्त टेन्डर रद्द गरेको हो।

‘सरकारले सबै सामग्री एकै पटक ल्याउने निर्णय गरेकाे छ। त्यो आवश्यक परेन भनेर हामीले टेन्डर रद्ध गरेका हौं,’ नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने।

सरकारले सरकार-सरकार (जीटूजी) विधिमार्फत् खरिद गरेर अत्यावश्यक सामग्री ल्याउने जिम्मा सेनालाई दिएको छ।

यसअघि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया थालेको थियो।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको प्रश्नहरु उठ्न थालेपछि स्वास्थ्य सेवा विभागले ओम्‍नी बिजनेस कर्पोरेसनसँगको ठेक्का बुधबार रद्द गरेको थियो।

प्रकाशित मिति: Apr 3, 2020

प्रतिक्रिया दिनुहोस्