Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परराष्ट्रमन्त्रीद्वारा भारतको प्रस्ताव अस्विकार : ‘टोलीभन्दा पनि स्वास्थ्य उपकरण आवश्यक’

भारतले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ । तर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि सहयोग प्रस्ताव आएको स्वीकार गरेका छन् ।

भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

बेनर्जीलाई उदृत गर्दै द हिन्दुले लेखेको छ, ‘कोरोना नियन्त्रणका लागि छिमेकी मुलुकलाई सहयोग गर्ने प्रयास स्वरुप भारत र्‍यापिड रेस्पोन्स टिम (आरआरटी) नेपालमा पठाउन तयार छ ।’

छिमेकी देशहरुमा आवश्यकताअनुसार पूर्वाधार विकास र दक्ष जनशक्ति पनि सहयोग गर्न सकिने उनले उल्लेख गरेका छन् ।

तर मन्त्री ज्ञवालीले नेपाललाई अहिले आरआरटीभन्दा पनि उपचारका लागि स्वास्थ्य उपकरण आवश्यक भएको बताएका छन् । उनले भने, ‘सहयोग प्रस्ताव आएको छ र हामी कुरा गर्दैछौं । हामीले स्वास्थ्य सामग्रीमा जोड दिएका छौं ।’

अहिले नेपालमा संक्रमितहरुको स्क्रिनिङ गर्ने क्रममै रहेकाले उपचारको टिमभन्दा पनि अत्यावश्यक सुरक्षा सामाग्री र उपकरणहरु आवश्यक रहेको सरकारले बताएको छ । त्यसका लागि आजै नेपाल वायु सेवा निगमको एउटा विमान चीन जाँदैछ ।

नेपाली सेनाका एक उच्च अधिकृतले पनि अहिले नेपालको स्थिति नियन्त्रणमै रहेको बताउँदै भारतबाट टोली आवश्यक नभएको बताएका छन् । उनले भने, ‘अहिलेको स्थितिलाई नियन्त्रणमा लिन हामी आफैं तयार छौं, आवश्यक सबै पूर्वतयारीहरु गरिएका छन् ।’

प्रकाशित मिति: Mar 28, 2020

प्रतिक्रिया दिनुहोस्