Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा तेस्रो कोरोनाको संक्रमित भेटियो, अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ, जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो ।

आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।

तर बुधबार तेस्रो संक्रमित भेटिएका छन् । प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले एक व्यक्तिको रिपोर्टमा पोजेटिभ आएको पुष्टि गरे ।

प्रकाशित मिति: Mar 25, 2020

प्रतिक्रिया दिनुहोस्