Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षाकर्मीलाई अटेर गर्दै भारतबाट आएका नेपालीहरु क्वारेन्टाइनबाट भागे

नेपालगञ्ज : सुरक्षाकर्मीलाई अटेर गर्दै भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीहरु क्‍वारेन्टाइनबाट ‘भागेका’ छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर जबराले पनि क्वारेन्टाइनमा राखिएकाहरु भागेको पुष्टि गरेका छन् ।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरपालिकाले उद्धार गरेर नेपाल ल्याएको थियो ।

सीमानाकाबाट उद्धार गरिएका त्यी व्यक्तिहरुले एउटै कोठामा ३०र३५ जना राखेको भन्दै उनीहरुले असन्तुष्टि जनाए थिए । उनीहरुले कि आफूहरुलाई घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भन्दै विरोध गरेका उनीहरु सानो संख्यामा रहेका सुरक्षाकर्मीलाई अटेर गर्दै भागेका हुन् ।

सीमा नाकामा यात्रु आवागमन रोक्ने समय १० बजेभन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेर नगर बसबाट महेन्द्र बहुमुखी क्याम्पसमा लगिएको थियो ।

 

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्