Logo
१३ बैशाख २०८१, बिहीबार
(March 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिङ्गापुरबाट आएको सिल्क एयरमा रहेका ९८ जना यात्रु नेपाली रहेको ,३ जना मात्रै क्वारेन्टाइनमा

सिङ्गापुरबाट आएको सिल्क एअरमा रहेका सबै यात्रु नेपाली रहेको पुष्टि, ३ जना मात्रै क्वारेन्टाइनमा राख्ने निर्णय लिएको थियो ।

शनिबार राति सिङ्गापुरबाट आएको जहाजमा एक जना डच नागरिक पनि रहेको हल्ला चलेपछि जहाजलाई विमानस्थलमा अवतरण अनुमति नै दिइएको थिएन ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्चदेखि लागु हुने गरी युरोपका पश्चिम एसिया लगायत खाडी क्षेत्रका देशहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती देशलाई ट्रान्जिट बनाइ अन्य देशुबाट आउने नागरिकमाथि रोक लगाएको थियो ।

तर सिङ्गापुरबाट आएको जहाजले डच नागरिक पनि बोकेको हल्लापछि तनाव उत्पन्न भएको थियो ।अनुसन्धानको क्रममा एकजना अस्ट्रेलियन मुलकी नेपाली नागरिक र जापानबाट आएका एक दम्पति नेपाली मुलका नागरिक भएको पाइएको थियो ।

तर पाइलटले इन्धन भर्नको लागि मात्रै भए पनि अवतरणको अनुमति मागेका थिए । त्यसपछि सबै यात्रुलाई विमानस्थलमा ओर्लन नदिइ सिङ्गापुर पठाउने तयारी थियो ।

यात्रुले नाराबाजी गरेर कुनै हालतमा विमान चल्न नदिने जनाएपछि उनीहरुलाई ओरालेर अनुसन्धान गरिएको थियो ।विमानस्थलमा सबैको बृहत् जाँच गरिएको थियो ।

जाँचका क्रममा सबैको अवस्था सामान्य देखिएको थियो । त्यसपछि जापानबाट आएका दम्पति र अस्ट्रेलियन मुलकी नेपाली नागरिक गरी तीन जनालाई क्वारेन्टाइनमा राख्ने र बाँकी ९५ जनालाई घरमै सुरक्षित बस्न भनेर विमानस्थलले छाडिदिएको छ ।

शनिबार राति नै फर्कने तालिका रहेको सिल्क एअरको जहाज विवादका कारण रातभरि त्रिभुवन विमानस्थलमा नै रहेको  हो । जहाजले केही बेरमा एक सय ६५ जना यात्रु लिएर फेरि सिङ्गापुर जाने नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले  जानकारी दिनुभएको छ ।

प्रकाशित मिति: Mar 22, 2020

प्रतिक्रिया दिनुहोस्