Logo
२९ बैशाख २०८१, शनिबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्न लागु गर्‍यो टाइमकार्ड

प्रदेश नं २ मा सवारीसाधनको तिव्रगतिका कारण हुने दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक प्रहरीले टाइमकार्ड लागु गरेको छ ।

शुक्रबारदेखि पूर्वपश्चिम राजमार्गमा गुड्ने लामो दुरीका यात्रुबाहक बस, कार, ट्रक, टिपर, पिकअप लगायतको सवारीसाधनलाई ट्राफिक प्रहरीले टाइमकार्ड लागु गरेको हो ।

तिव्रगतिकै कारण अधिकांश दुर्घटना हुने गरेकाले त्यस्ता सवारीसाधनको गतिमाथि लगाम कस्न प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले टाइमकार्डको प्रावधान ल्याएको प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम कुशवाहाले बताए ।

प्रदेश २ को आठवटै जिल्लामा शुक्रबार ट्राफिक प्रहरीले छुट्टाछुट्टै कार्यक्रम गरी टाइमकार्ड लागु गरेको छ । यसैगरी सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइमकार्ड लागु गरेको हो ।

सिरहाको लहानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले एक कार्यक्रम आयोजन गरी टाइमकार्ड लागु गरेको सिरहा ट्राफिक प्रहरी प्रमुख खगेन्द्र एक्टेनले जानकारी दिए ।

कहाँदेखि कहाँसम्म कति दुरी र समय पार गर्ने?

सप्तरीको भारदहदेखि सम्भुनाथसम्म ३२ किलोमिटर ४२ मिनेट, सम्भुनाथदेखि सिरहाको लहानसम्म २५ किलोमिटर ३३ मिनेट, लहानदेखि सिरहाकै बन्दीपुरसम्म ४० किलोमिटर ५२ मिनेट तोकिएको छ ।

यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्म २९ किलोमिटर ३८ मिनेट, लालगढदेखि सर्लाहीको कर्मैया ५० किलोमिटर १ घण्टा, कर्मैयादेखि बाराको निजगढसम्म ३१ किलोमिटर ४५ मिनेट, निजगढदेखि पथलैया २१ किलोमिटर ३० मिनेट र पथलैयादेखि अमलेखगञ्ज ८ किलोमिटर १२ मिनेट सवारीसाधनले पार गर्नुपर्ने तालिक निर्धारण गरिएको छ ।

यस्तै धनुषाको ललागढदेखि पृथ्वी राजर्गाको सिन्धुलीको भिमानसम्म २२ किलोमिटर ३५ मिनेट निर्धारण गरिएको टाइमकार्डमा उल्ललेख छ ।

तिव्रगतिमा गाडी चलाउन नपाउने र सवारीसाधन चलाउँदा मोबाइल प्रयोग नर्गन, सीटभन्दा बढी यात्रु बोक्न नपाउने, सडकमा जथाभावी पार्किंग र जेब्राक्रश नगर्न, जथाभावी आभरटेक नगर्न, अनिवार्य बिलबुक तथा लाइसेन्स लिएर सवारीचलाउन लगायतको नियम ट्राफिक प्रहरले टाइमकार्डसंगै लागु गरेको छ ।

ट्राफिक प्रहरीले टाइमकार्डसंगै लागु गरेको नियम पालना नगर्ने र जथाभावी गर्ने सवारीचालकलाई ट्राफिक नियम अनुसार कारबाही हुने प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम कुशवाहाले बताए

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्