Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रम्पको भारत भ्रमण जारी रहेका बेला दिल्लीमा भड्कियो हिंसा, प्रहरी सहित ४ को मृत्यु

अमेरिकी राष्ट्रपति ड्रोनल ट्रम्पको भारत भ्रमण जारी रहेका बेला छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीमा हिंसा भड्किएको छ ।

दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी कन्स्टेबल र तीन सर्वसाधारणसहित चार जनाको मृत्यु भएको छ। कम्तिमा ३७ जना घाइते भएको भारतीय मिडिया एबिपी न्युजले जनाएको छ।

नागरिकता कानुनका समर्थक र विरोधीहरूबीच सोमबार साँझ भएको झडपका क्रममा एक जना व्यक्तिले राजधानी दिल्लीको सडकमा खुलेआम गोली चलाएको भिडिओ भाइरल भएको छ।

ती व्यक्तिले झडपकै क्रममा प्रहरीकै अगाडि सडकमा गोली चलाउँदै हिँडेका थिए। यसअघि पनि दिल्लीको सडकमा यस्तो गोलीकाण्ड भएको थियो।

उनलाई तत्काल पक्राउ गरिए पनि सोमबार रिभल्भर बोकेर गोली चलाउँदै हिँड्नेलाई भने पक्राउ गरिएको छैन।

हेर्नुस् ! भारत भ्रमणमा रहेका ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको केही तस्बिरहरु :

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्