Logo
१५ बैशाख २०८१, शनिबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संविधान संशोधनका लागि नेकपाले कार्यदल बनाएको छैन भन्दा कसैले पत्याउँदैनन्’

काठमाण्डौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले संविधान संशोधन गर्ने विषयमा बाहिरिएको समचारले नेकपा र देशभर तरंग उत्पन्न गराएको बताएका छन् ।

शनिबारको सचिवालय बैठकमा संविधान संशोधनको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको र पार्टीले कुनै कार्यदल गठन नगरेको बताए ।

नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री समेत बन्न मिल्नेगरी राष्ट्रियसभामा लैजाने तयारीस्वरुप संविधान संशोधनको प्रस्ताव गरिएको समाचार बाहिरिएपछि महासचिव पौडेलले भने, ‘संविधान संशोधनको विषय बैठकको बीचमा छिसिक्क उठेको थियो। अलिअलि छलफल भएको हो, तर, सञ्चारमाध्यममा कार्यदल बनेको भनेर समाचार आयो, होइन भन्दा पनि कसैले पत्याउँदैनन्।’

उक्त कार्यदलमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र पूर्वसांसद खिमलाल देवकोटा सदस्य रहेको समचार बाहिरिए पनि नेम्वाङ र देवकोटा दुवैले आफूहरुलाई यसबारे कुनै जानकारी नआएको बताएका छन् ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्