Logo
१९ बैशाख २०८१, बुधबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रपति २ दिनको भारत भ्रमणमा , मोटेरा स्टेडियमा हुने ‘नमस्ते ट्रम्प’ कार्यक्रमा सहभागी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २ दिने भ्रमणका लागि आज भारत जाँदै छन् ।

ट्रम्प पत्नी मेलिनियाका साथ बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात जाने छन् । उनी अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला मोटेरा स्टेडियममा हुने ’नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

’नमस्ते ट्रम्प’ कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा पहिला स्वागत गर्ने कार्यक्रम रहेको छ ।

नमस्ते ट्रम्पको अवधारणा गएको वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको ’हाउ दी मोदी’ कार्यक्रमको जस्तै रहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा जान लागेका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुन् ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्