Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोेखरामा बन्दै १अर्ब ४० करोड लागतमा अन्नपूर्ण केवलकार

गण्डकी प्रदेश स्थित कास्की जिल्ला पोखरा महानगरपालिका अन्र्तगत पोखराको सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्ने गरि निर्माणकार्य भइरहेको अन्नपूर्ण केवलकारको स्टेसन

उक्त माथिल्लो स्टेशनमा भवन सहित स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निर्माण कार्य हुदै छन् भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निर्माण भैरहेको छ । तल्लो तथा माथिल्लो स्टेसन र भवनको फिनिसिङको काम भइरहेको छ ।

केवलकारको हालसम्म निर्माण कार्य लगभग ८५ प्रतिशत सकिएको बताइएको छ ।

प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षमताको केवलकार प्रोजेक्ट शुरुमा एक अर्बको लागतमा पुरा गर्ने बताइएता पनि अहिले लागत  १अर्ब ४० करोड पुग्ने अनुमान गरिएको छ ।

यो निर्माण कार्य डेढ बर्षमा सकिने भनेर शिलान्यास गरिएको भएता पनि उक्त केवल प्रोजेक्टको काममा विभिन्न समस्याले गदाए निमार्णकार्य ३ बर्ष वितिसक्दा पनि अझै पुरा हुन सकेको छैन, अझ कति समयमा यो सम्पन्न हुन्छ भन्ने कुरा अन्योल रहेको छ
उक्त केवलकारमा करिब ३६ वटा भन्दा बढी गण्डोला क्षमताको रहेको बताएको छ । एक गण्डौलामा ८ जना यात्रुसिट क्षमता रहेने जनाइएको छ ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्