Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्लिम मुख्यमन्त्री मोहम्मद राउतद्वारा महाशिवरात्रीको अवसरमा पुजापाठ

प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महाशिवरात्रीको अवसरमा भगवान शिवको पुजापाठ गरेका छन् । उनी मुस्लिम समुदायका हुन् ।
जनकपुर स्थित महाशिवरात्रीको अवसरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको कार्यक्रममा उनले पुजापाठ गरेका हुन् ।

पुजापाठपछि मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक महत्वलाई दृष्टिगत गर्दै खुला मदिरा मुक्त शहर घोषणा गर्ने प्रदेश सरकारको तैयारी रहेको बताए ।

उनले प्रहरी हस्तारण भए लगतै खुल्ला मदिरा मुक्त अभियान जनकपुरधामबाट शुरु गरि क्रमशः प्रदेश भरि लागु गर्दै जाने बताए ।

सेवा केन्द्रका संचालिका सृजना देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले शान्ति विना विकास सम्भव नरहेकाले हरेक व्यक्तिलाई आफनै मनबाट शान्तिको शुरुवात गर्नु पर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य परमेश्वर साह सहितका वक्ताहरुले आआफ्ना मन्तब्य राखेका थिए। राजयोग सेवा केन्द्र जनकपुर नगरमा शान्ति यात्रा समेत निकालेको छ ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्