Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निकै निडर स्वभावका इनरुवाका पारस यादवको मृत्युको कारण के ? अब सम्झनामा यी तस्विरहरु

झुण्डिएको अवस्थाको तस्विर

प्रदेश १ स्थित सुनसरी सदरमुकाम इनरुवाका पारस यादव अब रहेनन् ।

बिहिबार बिहान ५ बजे झुण्डिएको अवसथामा उनको शव फेला परेको हो ।

सुरुमा यमहाको मोटरसाइकलको सोरुम र हाल टिभिएस मोटरसाइकलको सो रुमका संचालक समेत रहेका यादवले आत्महत्या गरेको प्रहरीले बताएका छन् ।

सो रुपमको सिसि टिभि फुटेजमा उनले अत्महत्या नै गरेको देखिएको सुनसरी प्रहरीका प्रमुख यज्ञविनोद पोखरेलले बताए ।

सोरुमकै अगाडी सटर लगाएर एउटा रडमा पासो लगाई आत्महत्या गरेको देखिएको छ ।

एउटा झोला समेत पुठयुमा देखिन्छ । उक्त झोलामा के छ वा अन्य कारण के हुन सक्नेबारे प्रहरीले थप केहि खुलाएको छैन ।

निकै मोटो रकमको ऋणमा डुबेका लो तनावकै कारण उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

पारस निकट आफन्तका अनुसार उनी केहि महिनायता डिप्रेसनमा थिए । आत्महत्या गर्दै गरेको दृष्य घरमा जडान गरिएको सीसी क्यामेरामा कैद छ ।

जसमा पारसले पटक पटक आत्महत्याको प्रयास गरेको देखिएको बताइएको छ ।

इनरुवा २ घर भएका पारस यादवको शव विहानीपख घरमा झुण्डिएको अवस्थामा भेटिएको थियो । निकै निडर र हकी स्वभावका यादव इनरुवा सहितको क्षेत्रमा बेग्लै पहिचान बनाएका व्यक्तिका रुपमा हेरिन्थे ।

पछिल्लो समय राजनितिमा सकृय यादव स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इनरुवा नगर प्रमुख पदकालागि उम्मेद्वार समेत बनेका थिए ।

मोटरसाइकल सोरुम संचालन गर्दै आएका यादव इनरुवामा व्यवसायीका रुपमा समेत जम्ने प्रयत्न गर्दै थिए । पछिल्लो समय पारस सामाजिक क्षेत्रमा समेत सकृय रहँदै आएका थिए ।

मृतक यादवको शवको इनरुवा अस्पतालमा पोष्टमाटम गरिएको छ । धार्मिक परम्परा अनुसार सुनसरी खोलामा उनको दाहसंस्कार गरिएको छ । २०१६ साल बैशाखमा जन्मेका पारसका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

सम्झनामा पारस यादवका यी तस्विरहरु : 

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्