Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकासको लागि संघीय सरकार नै प्रमुख बाधक  : मुख्यमन्त्री राउत

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज बुधवार राससको ५९ औँ अवसरमा आयोजित प्रदेशस्तरीय कार्यक्रममा जनताको अपेक्षा अनुसार काम गर्न नसेको स्वीकार गरेका छन् । सो कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्दै संघीय सरकार प्रमुख नै दोषी रहेको आरोप लगाएका छन्

उनले भनेका छन् अहिले मुख्यमन्त्री कार्यालयमा मात्र दुई जना सचिव छन् भने अन्य मन्त्रालयमा समेत कर्मचारीको अभाव रहेको छ । भएका सचिवहरु पनि काठमाण्डौ वा बिदामा नै बस्ने गरेकोले प्रदेश सरकारले पाएको बजेट अनुुुसार काम गर्न नसकिएको र सो बजेट समयमा खर्च गर्न नसकेको अवस्था आएको उनले बताएका छन् ।

मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेशमा अवकाश प्राप्त हुने, अख्तियारमा तानिएका दाग लागेका र कामभन्दा बढी विवाद गर्ने तीन खालका सचिव संघीय सरकारले पठाउने गरेको कारण प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको आरोप समेत उनले लगाएका छन् ।

उनले भने, ‘प्रदेश सरकार चलाउने मुख्यमन्त्री वा मन्त्री होइन कर्मचारीतन्त्र नै हो, योजना तयार पार्ने, टिप्पणीदेखि चेक काट्नेसम्मका काम कर्मचारीले गर्ने हो, हामी त मात्र नीति निर्माण तथा व्यवस्थापन गर्ने व्यक्ति हौँ, तर सारा दोष हामीमाथि नै थुपारिने गरेको छ ।‘

मुख्यमन्त्री राउतले संघीय सरकारले प्रदेशमा अवकाश प्राप्त हुने, अख्तियारमा तानिएका दाग लागेका र कामभन्दा बढी विवाद गर्ने तीन खालका सचिव संघीय सरकारले पठाउने गरेको कारण प्रदेश सरकारले चाहेर पनि काम गर्न नसकेको आरोप समेत उनले लगाएका छन् ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्