Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको समृद्धि यात्रामा अवरोध गर्ने प्रयास भइरहेको छ : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्धिको यात्रामा नकारात्मक कुराको प्रचार गरेर अवरोध गर्न खोजिएको गुनासो गरेका छन्। ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

सरकारविरुद्ध अवरोध सिर्जन गर्न खोजिएपनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनको भनाइ छ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आगामी दिनमा गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै सरकारले समृद्धिको यात्रामा लम्किरहेको बताए।

समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम शुरु गरेको, केही शुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भइसेको प्रधानमन्त्री ओलीको भनाइ छ।

आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा खर्चेका प्रधानमन्त्रीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको दाबी पनि गरे।

जातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायधिश चोलेन्द्र शमशेर जवरा, सभामुख अग्निप्रसाद सापकोटा,राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्मसिनालगायत सहभागी हुुदै । तस्वीर :

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्