Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुस्लिम धार्मिक सम्मेलनमा भीडका कारण निस्सासिएर २ जनाको मृत्यु

प्रदेश नम्बर २ स्थित सप्तरी जिल्लाको बोदेबरसाइन नगरपालिकामा जारी मुस्लिमहरुको धार्मिक सम्मेलन ‘इज्तिमा’ मा सहभागी हुन आएका दुईजनाको मृत्युु भएको छ ।

कार्यक्रमस्थलमा भीडका कारण निस्सासिएर बेहोस भएका १ जना भारतीय नागरिक र सम्मेलनबाट बिरामी भएर घर फर्कंदै गरेका १ नेपाली नागरिकको मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

मृत्युु भएका नेपाली नागरिकको पहिचान हुन नसकेपनि भारतीय नागरिकको पहिचान भइसकेको छ ।

भारतको बिहार प्रान्तस्थित मोतिहारी जिल्लाका ७४ वर्षीय हारुन रसिदको मृत्यु भएको डिएसपी भारतीले जनाए ।

धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक नेपाली र अर्का भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ ।

शनिबार देखि ३ दिनसम्म चल्ने सम्मेलनमा २ लाखभन्दा बढी नेपाल र भारतका मुस्लिम मौलवी, मौलाना लगायतकाहरुको सहभागिता रहेको बताइएको छ।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्