Logo
१५ बैशाख २०८१, शनिबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सार्वजनिक जग्गामा आँखा लाउनेलाई कुनै पनि हालतमा उम्किन दिदैनौँ : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लाउनेलाई कुनै पनि हालतमा उम्कीन नदिने बताएकी छन् ।

मन्त्री अयार्लका अनुसार सरकारी तथा सार्वजनिक जग्गा कुनै व्यक्ति विशेषको बनाउने गलत मनसायका साथ जग्गा माथि आखाँ लगााउने कुरा सैह्य नहुने भनि उनले भनेकी छन् ।

बाग्मति प्रदेश अन्र्तगत रहेको काठमाडौ महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा मन्त्री अर्यालले सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै यस्तो बताएकी हुन् ।

मन्त्रालयले आईतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो । मन्त्री अर्यालले आफैले उक्त जग्गामा सरकारी बोर्ड गाडेकी छन् ।

अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नाममा दर्ता गरिसकेको भन्दै उनले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिन बताएकी छन् ।

डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा एकिन भइसकेको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरिसकेको उनको भनाइ रहेको छ ।

उनले लामो समयसम्म स्थानीय निकाय नहुँदा गलत मनसाय भएका व्यक्तिले फाइदा उठाएको मन्त्री अर्यालले बताएकी छन् ।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्