Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस हप्ताको राशिफल (फाल्गुन ४ गतेदेखि फाल्गुन १० गतेसम्म)

मेष
आर्थिक समृद्धि प्राप्त हुनेछ। शिक्षा क्षेत्रमा राम्रो देखिन्छ। घरपरिवारको सहयोग प्राप्त हुन सक्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। स्वास्थ्यमा केही समस्या रहला। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। राजनीतिक र सामाजिक क्षेत्रमा सामान्य देखिएको छ। नयाँ कार्यको थालनी हुनेछ।

वृष
पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। नयाँ कार्यको थालनी होला। सवारी साधनको योग छ। शुभ माङ्गलिक कार्यमा सरिक हुने साता रहेको छ। बैंकिङ तथा वित्तीय संस्थामा काम गर्नेहरूका लागि साता उत्कृष्ट बन्ने देखिन्छ। शेयर व्यवसायबाट सफलता मिल्ला। शिक्षामा राम्रै अवस्था देखिएको छ। खेलाडीहरूका लागि साता मध्यम छ। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्नेछ। अकस्मात् धन हानि हुनेछ।

मिथुन
जागिरेहरूका लागि साता मध्यम देखिएको छ। व्यापार, व्यवसायमा भने लाभको योग छ। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहने देखिन्छ। तीर्थ यात्राको योग बन्न सक्नेछ। घरपरिवारको सहयोग प्राप्त होला। मनमा कौतूहल र चिन्ता रहनेछ। नयाँ कार्यको थालनी होला। धार्मिक कार्यमा सहभागी हुनाले इज्जत, प्रतिष्ठा बढ्नेछ। खेलाडीहरूका लागि साता उत्कृष्ट रहेको छ। छात्रछात्राहरूका लागि साता मध्यम छ।

कर्कट
स्वास्थ्यमा केही समस्या देखापर्न सक्नेछ। यात्रामा गर्दा विचार गर्नुपर्नेछ। खानपिनमा मुख बार्नुपर्नेछ। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। जागिरेहरूका लागि साता निकै देखिन्छ। नयाँ कार्यको थालनी होला। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्न सक्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा भने सामान्य देखिन्छ।

सिंह
नयाँ कार्यको थालनी हुन सक्नेछ। मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्न सक्नेछ। पारिवारिक उन्नति, प्रगतिमा राम्रो देखिन्छ। नयाँ घर, जग्गा, जमिनका योगहरू बन्न सक्नेछन्। शुभ माङ्गलिक कार्यमा सरिक हुने साता रहेको छ। आफन्त, परिजनबाट त्यति सहयोग नमिल्न सक्छ। नचाहिँदा झुटा आरोप, प्रत्यारोप पनि सहनुपर्ने देखिन्छ।

कन्या
सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा आयआर्जनका मार्गहरू प्रशस्त बन्नेछन्। व्यापार, व्यवसायमा सामान्य लाभ होला। इज्जत, प्रतिष्ठा बढ्नेछ। छात्रछात्राहरूका लागि साता त्यति राम्रो देखिएको छैन। आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता बन्न सक्नेछ। मातापिताबाट पाउने सहयोग पूर्ण रूपमा प्राप्त हुनेछ। दाजुभाइ, दिदीबहिनीको मिलनको साता रहेको छ।

तुला
धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। आफन्त, परिजनको शुभ माङ्गलिक कार्यमा सरिक हुनाले मनमा उत्साह र उमङ्ग छाउनेछ। स्वास्थ्यमा केही समस्या देखापर्नेछ। मनमा चिन्ता हुन सक्नेछ। खानपिनमा थोरै मुख बार्नुपर्ला। खेलाडीहरूका लागि साता मध्यम छ। साहित्य, सङ्गीतका सर्जकहरूका लागि नयाँ आयामका योगहरू बढ्नेछन्। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। बैंकिङ तथा वित्तीय संस्थामा काम गर्नेहरूका लागि साता उत्कृष्ट रहेको छ।

वृश्चिक
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। आयआर्जनका मार्गहरू प्रशस्त देखापरेका छन्। स्वास्थ्यमा थोरै विचार पुऱ्याउनुपर्नेछ। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि प्राप्त हुनेछ। मनमा उत्साह र उमङ्ग रहनेछ। घरपरिवार, दाजुभाइ, दिदीबहिनीबाट भरपूर सहयोग प्राप्त हुनेछ। नयाँ कार्यको थालनी हुन सक्नेछ।

धनु
आयआर्जनका मार्गहरू प्रशस्त बढ्नेछन्। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। मनमा उत्साह र उमङ्ग छाउनेछ। शुभ माङ्गलिक कार्यमा सरिक हुने साता रहेको छ। खानपानमा मुख बार्नुपर्नेछ। आफन्त, परिजनबाट भरपूर सहयोग प्राप्त होला। अकस्मात् धनहानि हुन सक्नेछ। सवारी साधनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। झुटा आरोप र प्रत्यारोप लाग्न सक्नेछन्। राजनीतिक र सामाजिक क्षेत्रमा अपमान सहनुपर्ने अवस्था देखिन्छ।

मकर
आर्थिक पक्ष सामान्य देखिन्छ। केही झुटा आरोप, प्रत्यारोप सहनुपर्ला। मनमा केही चिन्ता हुनेछ। पारिवारिक सुख, शान्ति, समृद्धि मध्यम देखिएको छ। लेनदेनमा थोरै विचार पुऱ्याउनुपर्नेछ। दिएको पैसा फिर्ता पाउन केही समस्या हुन सक्नेछ। राजनीतिक क्षेत्र सामान्य देखिएको छ। देशविदेशको यात्राको योग बन्ला।

कुम्भ
मनमा उत्साह र उमङ्ग छाउनेछ। दाजुभाइ, दिदीबहिनी र परिवारबाट भरपूर सहयोग प्राप्त होला। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्नेछ। खानपिनमा निकै मुख बार्नुपर्नेछ। आयआर्जनका मार्गहरू प्रशस्त बढ्नेछन्। पारिवारिक सुख, शान्ति राम्रो देखिन्छ। शिक्षा क्षेत्र सामान्य देखिएको छ। कृषि क्षेत्रमा लाभ छ। धार्मिक, माङ्गलिक कार्यमा सरिक हुनुहुनेछ। साहित्य, सङ्गीतमा निकै राम्रो प्रदर्शन हुनेछ।

मीन
मान, सम्मान, इज्जत, प्रतिष्ठा बढ्नेछ। आर्थिक समृद्धि, उन्नति, प्रगति होला। घरपरिवारको सहयोग प्राप्त हुनेछ। मनमा उत्साह र उमङ्ग छाउनेछ। लेनदेनमा निकै विचार पुऱ्याउनुपर्ला। दाम्पत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहनेछ। खानपानमा मुख बार्नुपर्नेछ। नयाँ कार्यको थालनी हुनेछ। तर आफूले गर्न खोजेको नयाँ काममा बाधा र समस्याहरू आउन सक्नेछन्। शिक्षा क्षेत्रमा राम्रो देखिन्छ।

प्रकाशित मिति: Feb 16, 2020

प्रतिक्रिया दिनुहोस्