Logo
१५ बैशाख २०८१, शनिबार
(February 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस हप्ताको राशिफल (माघ १९ देखि माघ २५ गतेसम्म)

मेष
पारिवारिक समृद्धि, उन्नति, प्रगतिको साता रहेको छ। नया कार्यको थालनी रहला। स्वास्थ्यमा केहि समस्याहरु रहन सक्नेछन्। अकस्मात् यात्रा हुने समय आएको छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। छात्रछात्राहरुको लागि शिक्षा क्षेत्र राम्रो देखिएको छ भने खेलाडीहरुको लागि साता मध्यम रहेको छ।

वृष
साता मध्यम रुपमा जाने देखिएको छ। कतै पारिवारिक र अफ्ट्यारा पक्षहरु सहनु पर्ने देखिन्छ। राजनितिक र सामाजिक क्षेत्रमा सामान्य लाभको साता मिल्ने देखिएको छ। दाम्पत्य जीवनमा केहि समस्याहरु सातामा देखिन्छ। शुभ कार्यमा सरिक हुने साता रहेको छ। नाम, इज्जत, प्रतिष्ठाहरु बढ्नेछन्। नचाईंदो झुटो आरोप प्रत्यारोप पनि सहनु पर्ने देखिन्छ। व्यापार व्यवसायमा मध्यम लाभ छ।

मिथुन
मनमा उत्साह र उमङ्गहरु रहन सक्नेछन्। आफन्त परिजनहरु बाट सहयोग प्राप्त रहला। व्यापार व्यवसायमा उत्कृस्ट देखिएको छ। दामपत्य र पारिवारिक जीवनमा सुख, शान्ति, समृद्धि रहला। स्वास्थ्यमा अचानक केहि समस्याहरु देखा पर्न सक्ने छ। साता जागिरेहरुको लागि मध्यम रहेको छ। सन्तान सुख, शान्ति, समृद्धि मिल्ने छ। आर्थिक पक्षमा केहि समस्याहरु सातामा देखा पर्न सक्नेछ। देश विदेशको योग बन्ने छ।

कर्कट
पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहला। शुभ कार्यमा सरिक हुने साता रहेको छ। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्नेछन्। स्वास्थ्यमा केहि समस्याहरु रहला। व्यापार व्यवसायमा भने मध्यम लाभको साता रहन सक्ने छ। अकस्मात् धन हानि होला। नचाईंदा झुटो आरोप प्रत्यारोप सहनु पर्ला। यात्रामा केहि समस्याहरु रहलान्। राजनीतिक र सामाजिक क्षेत्रमा केहि अफ्ठ्यारा पक्षहरु रहन सक्ने छन्। सफल हुन आटेको कामहरु कतै बिग्रन सक्ने छ।

सिंह
सामान्य लाभको साता रहन सक्ने छ। विद्या बुद्धि बढ्ने छ। धार्मिक क्षेत्रमा नाम, इज्जत, प्रतिष्ठाहरु बढ्न सक्नेछ। सामाजिक क्षेत्रबाट भने सामान्य लाभ मिल्ला। व्यापार व्यवसायमा सामान्य देखिएको छ। यात्रा अकस्मात् बन्न सक्ने छ। पारिवारिक सहयोग प्राप्त रहला। राजनितिक क्षेत्र मध्यम देखिएको छ। बैंकिंग क्षेत्रमा काम गर्नेहरुको लागि साता मध्यम रहेको छ। जागीरीहरुको लागि भने साता सामान्य छ। छात्रछात्राहरु लाई साता राम्रै देखिएको छ।

कन्या
मनमा उत्साह र उमङ्गहरु छाउने छन्। नया कार्यको थालनी बन्ने छ। जागीरेहरुको मान, सम्मान, पद उन्नतिको योग बन्ने छ। छात्रछात्राहरुमा कतै विद्या बुद्धिमा बाधा र समस्याहरु बढ्नेछन्। राजनितिक र सामाजिक क्षेत्र भने मध्यम देखिएको छ। स्वास्थ्यमा निकै ख्याल पुर्याउनु पर्ने देखिन्छ। दाम्पत्य र पारिवारिक जीवनमा भने सुख, शान्ति, समृद्धि रहला। व्यापार व्यवसायमा मध्यम छ। अकस्मात् धन हानिको साता बन्ला। नचाईंदा झुटो आरोप प्रत्यारोप सहनु पर्नेछ। नया सवारी साधनका योग बन्नेछन्।

तुला
मनमा उत्साह र उमङ्गहरु छाउने छन्। आफन्त परिजनहरुको सहयोग प्राप्त रहला। व्यापार व्यवसायमा मध्यम छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। यात्रा सामान्य देखिन्छ। शेयर मार्केटमा भने फाइदाको साता रहला। राजनितिक क्षेत्रमा निकै तनाव बेहोर्नु पर्ने छ। न्याय क्षेत्रबाट उचित न्याय प्राप्त हुने अवस्था देखिएको छ। माता पितामा स्वास्थ्यमा केहि समस्याहरु रहलान्। व्यापार व्यवसाय बाट भने उचित लाभ प्राप्त हुने देखिन्छ।

वृश्चिक
मनमा उत्साह र उमङ्गहरु छाउनेछन्। नया कार्यको शुभ आरम्भ होला। आफन्त परिजनहरुमा भेटघाट हुनेछ। बुधबार, बिहीबार, शुक्रबार मनमा खिन्नता बोधहरु हुनेछन्। कतै स्वास्थ्यमा सामान्य समस्या रहला। पारिवारिक र दाम्पत्य जीवनमा सामान्य मनमुटाव रहन सक्ने छ। नया कार्यको थालनी रहला। व्यापार व्यवसायमा सामान्य लाभ छ। छात्रछात्राहरुको लागि पढाई लेखाई उन्नतिमा राम्रो देखिएको छ। शुभ कार्यमा सरिक हुने साता रहेको छ।

धनु
मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्न सक्ने छ। अकस्मात् धन प्राप्तिको योग बन्ला। मनमा अशान्ति, कौतुहलता र चिन्ताको साताहरु बन्नेछन्। घरपरिवारको सहयोग प्राप्त रहन सक्ने छ। आर्थिक पक्षमा केहि समस्याहरु रहलान्। कृषिक क्षेत्रमा लाभ रहने साता रहेको छ। नया घर, जग्गा, जमीनका योगहरु बन्नेछन्। पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि छाउने छ।

मकर
दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहला। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्नेछन्। घरपरिवारबाट पाउने सहयोग भने भरपूर रूपमा प्राप्त रहने छ। स्वास्थ्यमा हजुरले धेरै विचार पुर्याउनु पर्नेछ। आय आर्जनका मार्गहरु प्रशस्त रूपमा बढ्नेछन्। नया कार्यको थालनी बन्ला। स्वास्थ्यमा केहि समस्याहरु रहलान्। बैंकिंग क्षेत्रमा कार्यरत व्यक्तिहरु लाई तनाव र अफ्ठ्यारा पक्षहरु रहला। सरकारी जागीरीहरुका लाई भने कतै अफ्ठ्यारा पक्षहरु सातामा रहन सक्नेछन्। व्यापार क्षेत्रमा मध्यम लाभ देखिन्छ।

कुम्भ
काममा उन्नति प्रगतिमा भने निकै राम्रो सफलता मिल्ने साता रहेको छ। मनमा उत्साह र उमङ्गहरु छाउनेछन्। व्यापार व्यवसायमा मध्यम लाभ छ। केहि झूटा आरोप प्रत्यारोप सहनु पर्ला। सवारी साधनमा चोटपटक को साता रहन सक्ने छ। धार्मिक कार्यमा सरिक हुने साता रहेको छ। इज्जत प्रतिष्ठाहरु बढ्नेछन्। आर्थिक पक्षमा केहि समस्याहरु रहला। बन्न खोजेका कामहरुमा पनि केहि समस्याहरु बेहोर्नु पर्ने रहेको छ।

मीन
पारिवारिक र दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि रहन सक्ने छ। आफन्त परिजनहरुबाट भने सहयोग प्राप्त रहला। मनमा उत्साह र उमङ्गहरु छाउनेछन्। खानपानमा मुख बार्नु पर्नेछ। अकस्मात् यात्रा बन्ला। छात्र छात्राहरुको लागि साता सामान्य रहेको छ।

प्रकाशित मिति: Feb 3, 2020

प्रतिक्रिया दिनुहोस्