Logo
१५ बैशाख २०८१, शनिबार
(January 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

MCC विरुद्ध ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ अभियान घोषणा

काठमाडौं : ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा भएको छ ।

हाम्रो नेपाल राष्ट्रव्यापी अभियानले बुधबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अभियन्ता नरेन्द्र देउजाले ‘विदेशीको अनुदानभन्दा सबा तीन करोड नेपाली आफैले मात्र एक रुपैयाँ दिएर आफ्नो देश बनाउन सकिने बताएका छन्’ ।

उनले अमेरिका सरकारको एमसीसी योजनाको कडारुपमा विरोध गरेका छन् । देउजाले नेपालमा विदेशीहरुको चलखेल बढिरहेको देशलाई विखण्डनतिर लग्न लागेको आशंका व्यक्त पनि गरेका छन् ।‘नेपालीहरु आफैले पनि मुलुक समृद्ध बनाउन सक्ने दाबी उनले गरेका छन् ।’

मुलुकमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारी र राजनीतिक दलहरुको खिचातानीका कारण देश झन् गरीब हुँदै गएको आरोप पनि उनले लगाएका छन् । ‘उनले सबा तीन करोड नेपालीले यदि एक-एक रुपैयाँ मात्र दिए नेपाल समृद्ध हुने बताएका छन् ।’

यसैगरी, पत्रकार सम्मेलनमा अभियन्ता भैरव बहादुर कार्कीले भने, ‘तपाइँहरुलाई आश्चर्य र हाँसो लाग्यो होला एक रुपैयाँले देश बनाउँछु भनेको सुन्दा तर आश्चर्य नमान्नुस् है ।’ उनले सबा तीन करोड नेपालीलाई राष्ट्र बनाउने संकल्प गराउने दाबीसमेत ब्यक्त गरेका छन् ।

उनले भने ‘हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको मात्र एक रुपैयाँको खाँचो छ र अवश्य मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले ।’ उनले अभियानको मुख्य लक्ष्य भनेको मुख्य शत्रुको रुपमा विद्यमान रहेका गरिबी, अशिक्षा, अस्वस्थता, बेरोजगारी र महामारीको रुपमा बढ्दै गएको भ्रष्टाचारको उन्मूलन नै रहेको बताए ।

‘यस अभियानमार्फत् म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले भन्ने अभियानमा नेपाल आमाको माटो छोएर कसम खाँदै अगाडि बढौं त कसरी बन्दैन हाम्रो राष्ट्र तर त्यसका लागि दृढ संकल्प लिएर इमान्दारिता, नैतिकता र अनुशासित भई सोच, सोध र खोजको शत्रुलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्छ ।’ पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: Jan 29, 2020

प्रतिक्रिया दिनुहोस्