Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा अझै पनि लोकतन्त्रका लागि अनुकुल वातावरण बनेको छैन : नेता पौडेल

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अझै पनि नेपालमा लोकतन्त्रका लागि अनुकुल वातावरण नभएको बताएका छन् ।

नेपाल प्रेस युनियनले गरेको लोकतन्त्रको सुदृढिकरणका लागि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा नेता पौडेलले सरकारले गलत मनसायका साथ कानुनहरु ल्याउन खोजेको बताउँदै सो कुरा बताएका हुन् ।

नेता पौडेलले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय शक्तिबाट लोकतन्त्रलाई बचाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

पौडेलले संविधान सभाको प्रकृतिका कारण संविधान आउने सम्भावना नरहेको भएपनि निरन्तर ६ वर्षसम्म संघर्ष गरेर संविधान आउन सम्भव भएको बताए ।

संविधान आएपछि संविधान विपरितका कानून बनाएर काम गर्न पाइदैन भनेर खवरदारी गर्न पाइएको उनले बताए । सरकारलाई संविधानले दिएको अधिकारलाई कुण्ठित गर्न पाईंदैन भन्ने अवस्था संविधानले ल्याएको उनले बताए ।

प्रकाशित मिति: Jan 28, 2020

प्रतिक्रिया दिनुहोस्