Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी दूतावासलाई लक्षित गरी प्रहार भएका ५ वटा रकेट समुद्री किनारमा दुर्घटना ग्रस्त

इराक : राजधानी बग्दादमा रहेको अमेरिकी दूतावास नजिकै पाँचवटा रकेट दुर्घटना भएको छ । राजधानी बग्दादमा रहेको नदी किनारमा कातुषा नामको रकेट दुर्घटना भएको अमेरिकी संयुक्त अपरेसन कमाण्डरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

अमेरिकी दूतावासलाई लक्षित गरी प्रहार भएका रकेट समुद्री किनारमा दुर्घटनाग्रस्त भएको समाचारमा जनाइएको छ । यो महिना दूतावासमा भएको तेस्रो आक्रमणमा हो ।

गत पुस १८ गते इरानका सैन्य कमाण्डर कासिम सुलेमानी र अबु महदी अल मुहंडिस अमेरिकी सेनाको कारबाहीमा मारिएपछि जवाफमा इरानले अमेरिकी दूतावास र सैन्य क्याम्पमा आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति: Jan 27, 2020

प्रतिक्रिया दिनुहोस्