Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसविरुद्ध लड्न विशेष तयारी गर्दै चीन

बेइजिङ : चीनले वुहान राज्यमा एक सातामै एक हजार शय्याको अस्ताल बनाउँदैछ। अतिखतारनाक कोरोना भाइरस संक्रमितको उपचारका लागि चीनले एक सातामै हजार शय्याको अस्पताल निर्माण गर्न लागेको हो।

जंगली जनावरबाट मानिसमा सरेको कोरोनाभाइरसबाट ५६ जनाको मृत्यु भएको छ। भाइरसबाट १ हजार ९७५ जना संक्रमित भएका छन् । भाइरसको संक्रमण बढ्दै गएपछि चीनमा ठूलो संख्यामा यातायातका साधनमा रोक लगाइएको छ भने १३ सहर ठप्प छन् ।

सरकारले वुहान राज्यमा यो भाइरस अघिल्लो वर्षको अन्त्यतिरबाट फैलिन थालेको विश्‍वास गरेको छ।

चिनियाँ संचार माध्यमलाई उद्धृत गर्दै सिएनबिसीले जनाएअनुसार अस्पताल शहरको बाहिरी भागमा निर्माण गर्न लागिएको हो। कामदारहरू छुट्टी मनाउने बगैँचाको ताल वरपर अस्पताल निर्माण गर्न लागिएको हो।

अस्पताल निर्माणका लागि स्थानीय कामदार खटिइसकेका सकेका छन्। अस्पताल निर्माणका लागि ३५ डिगर र १० बुल्डोजर बिहीबार राति नै पुगिसकेका छन्।

निर्माणाधीन अस्पतालमा कोरोनाभाइरस संक्रमितहरूको उपचारका लागि आवश्यक सम्पूर्ण सुविधा हुने छ। यो ठाउँमा अस्पताल बनाउन लागत भने धेरै लाग्ने बताइएको छ।

प्रकाशित मिति: Jan 26, 2020

प्रतिक्रिया दिनुहोस्